spot_img
Sunday, September 22, 2024
66 F
Washington DC.
spot_img

इरानद्वारा ब्यालेस्टिक मिसाइलको सफल परीक्षण- २ हजार किलोमिटरसम्म मार हान्न सक्ने दाबी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मध्यपूर्वमा सबैभन्दा ठूलो क्षेप्यास्त्र कार्यक्रम रहेको इरानले आफ्ना हतियार इजरायल र अमेरिकासम्म पुग्न सक्षम रहेको बताएको छ । अमेरिका र युरोपेली देशहरूको विरोधको बाबजुद इरानले आफ्नो “रक्षात्मक” मिसाइल कार्यक्रमलाई थप विकास गर्ने बताएको छ।

इरानले आफ्नो आणविक कार्यक्रमलाई लिएर पश्चिमसँगको व्यापक तनावका बीच खोर्रमशहर–४ नामक ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । इरानले २ हजार किलोमिटर मार हान्न सक्ने ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको बताएको छ । यो परीक्षणसँगै इरानले आफ्ना शत्रुको कुनै पनि गतिविधिलाई सहन नसक्ने बताएको छ । इरानको खोर्रमशहर–४ ब्यालेस्टिक मिसाइलले साउदी अरेबियादेखि इजरायल र मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूलाई ध्वस्त पार्न सक्ने बताएको छ ।

अधिकारीहरूले तेहरानमा एक कार्यक्रममा पत्रकारहरूलाई खोर्रमशहर-४ ब्यालिस्टिक मिसाइल देखाएका थिए। मिसाइल ट्रकमा माउन्ट गरिएको लन्चरमा राखिएको थियो। रक्षामन्त्री जनरल मोहम्मद रजा अष्टियानीले यो मिसाइल छोटो समयमा प्रक्षेपणका लागि तयार हुन सक्ने बताएका छन् । यो इरानी ब्यालेस्टिक मिसाइलको तौल १,५०० किलोग्राम (३,३०० पाउण्ड) वारहेड छ। एकै समयमा, यो मिसाइलले २ हजार किलो मिटर (१,२४० माइल) को दुरी सम्म जान सक्छ। अधिकारीहरूले मिसाइल परीक्षणको फुटेज पनि जारी गरेका छन्, जसले मिसाइलको सफल परीक्षण देखाउँछ।

खोर्रमशहर-४ इरानी सहरको नामबाट नामाकरण गरिएको हो, जुन १९८० को दशकमा इरान-इराक युद्धको समयमा ठूलो लडाईको केन्द्र थियो। इजरायलको सशस्त्र सेना प्रमुखले आणविक कार्यक्रममा तेहरानविरुद्ध कारबाही गर्ने सम्भावना व्यक्त गरेको दुई दिनपछि इरानले मिसाइल परीक्षणको यो कदम चालेको हो । इरानले इजरायललाई आफ्नो कट्टर शत्रु ठान्छ।

इरानले प्यालेस्टाइन क्षेत्र र वरपरका देशहरूमा इजरायल विरोधी आतंकवादी समूहहरूलाई पनि हतियार आपूर्ति गर्दछ। यस्तो अवस्थामा मिसाइल परीक्षण एउटा चेतावनी हो । इरानले देशको लागि लगातार कडा सुरक्षा व्यवस्था गरिरहेको छ। इरानसँग सबैभन्दा ठूलो मिसाइल छ। यसैबीच इरानले आफ्नो हतियारले इजरायल र अमेरिकाको आधार शिविर ध्वस्त पार्न सक्ने दाबी गरेको छ । इरानले इजरायललाई आफ्नो पुरानो शत्रुको रूपमा हेर्छ र प्यालेस्टाइन क्षेत्र र वरपरका देशहरूमा इजरायल विरोधी आतंकवादी समूहहरूलाई हतियार दिन्छ।

इरान र इजरायलबीचको तनाव निकै उच्च छ । इरानको यो मिसाइललाई खोरमशहर–४ नाम दिइएको छ । यद्यपि, इस्लामको प्रारम्भिक दिनहरूमा मुस्लिम योद्धाहरूले यहूदी दरबार कब्जा गरेको सम्बन्धमा यो नाम राखिएको भनिन्छ। यो उत्तर कोरियाको मुसुडान ब्यालेस्टिक मिसाइलको नमुना हो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img