Friday, March 6, 2026
62.1 F
Washington DC.

मध्य सिड्नीको एक बहुतले भवनमा भीषण आगलागी, आगो नियन्त्रण गर्ने प्रयास जारी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मध्य सिड्नीमा रहेको एक बहुतले भवनमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणका लागि कैयौं दमकल घटनास्थलमा पुगेका छन् । अहिले दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

आपतकालीन सेवाहरूले आगलागी भएको क्षेत्रलाई घेरा हालेका छन्। घटनास्थलको भिडियोमा अग्निनियन्त्रकहरूले सिड्नीको केन्द्रीय रेलवे स्टेशन नजिकैको एउटा भवनमा आगो निभाउने प्रयास गरिरहेको देखाइएको छ।

फ़ुटेजमा भवनको वरिपरि आगो फैलिएको देखिएको छ र नजिकै पार्किङ गरिएको एउता कार पनि जलेको देखिएको छ ।

१०० भन्दा बढी फायर फाइटरहरू, २० फायर ट्रकहरू र धेरै स्टेशनहरूबाट दुई वटा भवनहरूमा आगो निभाउन काम जारी रहेको अधिकारीहरुले जनाएका छन्। यतीबेला दुबै प्रभावित भवनहरू खाली रहेको र आगो निभाउने कार्य रातभर जारी रहने अपेक्षा गरिएको अधिकारीहरुले जानकारी गराएका छन् ।

सांसद तान्या प्लिबर्सेकले ट्वीटरमा एक विज्ञप्तिमा भनेकी छन् : “मेरो निर्वाचन क्षेत्र सरी हिल्समा भयानक आगलागी। कृपया सुरक्षित रहनुहोस् र आपतकालीन सेवाहरूको निर्देशनहरू सुन्नुहोस्।”

न्यु साउथ वेल्स यातायातको अपडेटले आगलागी नजिकैको रेल सेवा अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको जनाएको छ। न्यु साउथ वेल्स प्रहरीका प्रवक्ताले यस समयमा कुनै पनि चोटपटकको रिपोर्ट नआएको बताएका छन् ।

फुटेजमा सरी हिल्स, सात तले भवनमा ठूलो आगलागी हुँदा पर्खाल भत्किएको छ । जारी गरिएको नयाँ भिडियो फुटेजले सरी हिल्सको एउटा घेरिएको भवनको पर्खाल तल सडकमा खसेको देखिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img