Friday, March 6, 2026
53.4 F
Washington DC.

भारतमा वर्षकै सबैभन्दा चर्को गर्मी- बाहिरी गतिविधिहरू र काममा प्रतिबन्ध

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राजधानी नयाँ दिल्ली र उत्तरी भारतका केही भागहरूका बासिन्दाले यस वर्षकै सबैभन्दा चर्को गर्मीको लहरको सामना गरिरहेका छन्। असहनीय गर्मीले मानिसहरूको जीवन कष्टकर बनाएकाले धेरै बाहिरी गतिविधिहरू र काममा प्रतिबन्ध लगाइएको छ।

यो हप्ता नयाँ दिल्लीमा सोमबार रेकर्ड गरिएको तापमान ४६.२ डिग्री सेल्सियसको चरम सीमामा पुगेको थियो , जबकि मंगलबार ४३ डिग्रीको तापक्रम मापन गरिएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले तातो हावा चलिरहेको गर्मीको लहरको एक हिस्सा भएको जुन आगामी दिनमा वर्षा र हावाको आगमनसँगै कम हुन सुरु हुने बताएको छ।

हालैका दिनहरूमा बिस्तारै बढ्दै गएको अत्यधिक गर्मीको लहर, बेमौसमी वर्षा, आँधीबेहरी र तापक्रममा तीव्र गिरावटको असामान्य अवस्था पछिको परिणाम भएको जनाइएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले उत्तरी राज्यहरू उत्तराखण्ड, पञ्जाब र हरियाणाका साथै भारतको राजधानीमा ६० किलोमिटर प्रतिघण्टासम्मको गतिमा पुग्ने हल्का चट्याङ र तेज हावा चल्ने सम्भावनाका साथ बुधबार तापक्रममा उल्लेख्य गिरावट आउन सक्ने बताएको छ।

तस्बिर : इएफइ /इपिए /रजत गुप्ता

गत वर्ष, उत्तरपश्चिम र मध्य भारतमा सबैभन्दा बढी तापक्रम अप्रिलमा रेकर्ड गरेको थियो जुन १२२ वर्ष पहिले रेकर्ड भएको थियो। त्यस बेला देशको ठूलो भागलाई असर गर्दै व्यापक गर्मीको लहर महसुस गरिएको थियो ।

अत्यधिक मौसमी अवस्था र बेमौसमी र अनियमित वर्षाले जनसंख्याको स्वास्थ्य बाहेक बाली र यसको कृषिमा निर्भर अर्थतन्त्रलाई असर गर्न सक्ने मौसम विद हरुले बताएका छन् ।

भारतीय मौसमविद्हरूले २०२१ मा प्रकाशित गरेको अनुसन्धानका अनुसार विगत ५० वर्षमा अत्यधिक गर्मीका कारण १७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img