spot_img
Sunday, September 29, 2024
68.4 F
Washington DC.
spot_img

भारतको ओडिशामा भयानक रेल दुर्घटना: १२० भन्दा बढीको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतको ओडिशाको बालासोर जिल्लाको बहानागा रेलवे स्टेशन नजिक शुक्रबार एक भयानक रेल दुर्घटना भएको छ। यहाँ बाहनागा स्टेशन नजिक तीनवटा रेल एक आपसमा ठोक्किएका छन् । अधिकारी र चिकित्सकका अनुसार यस दुर्घटनामा हालसम्म १२० जनाको मृत्यु भएको छ भने ८०० भन्दा बढी यात्रु घाइते भएका छन् । अहिले घटनास्थलमा राहत उद्धार कार्य जारी छ ।

भारतीय रेलवेलेका अनुआर कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा ठोक्किएका थिए । बेलुका ७ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । हावडा जाँदै गरेको बेंगलुरु-हावडा ट्रेनका धेरै डिब्बा बालासोर जिल्लाको बहनागा बजारमा पटरीबाट खसेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि, शालिमार-चेन्नई सेन्ट्रल कोरोमण्डल एक्सप्रेस पटरीबाट खसेको रेलसँग ठोक्किएको थियो र कोरोमण्डल एक्सप्रेसका डिब्बा पनि पल्टिएको अधिकारीहरुले जनाएका छन् । त्यसपछि एउटा मालगाडी कोरोमण्डल एक्सप्रेसका केही पटरीबाट खसेका कोचहरूसँग ठोक्किन गएको अधिकारीले भनेका छन् ।

दुर्घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओडिशा फायर सर्भिसका अधिकारी सुधांशु सारंगीले भने: “हामीले अहिले १२० भन्दा बढी शव निकालेका छौं।” पल्टिएका गाडीहरू जाँच गर्ने प्रक्रिया “हामीले पूरा गरेपछि” तथ्याङ्क बढ्न सक्ने उनले बताए।

दुर्घटनापछि रेल मन्त्रालयले मृतकका आफन्तलाई १० लाख, गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

ओडिशाको बालासोर जिल्लामा भएको रेल दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवसँग कुरा गरे र स्थितिको जानकारी लिएको बताएका छन् । प्रधानमन्त्री मोदीले रेल दुर्घटनामा परी ज्यान गुमाएकाका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (PMNRF) बाट ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

ओडिशाका मुख्य सचिवले कोरोमण्डल एक्सप्रेस रेल दुर्घटनामा घाइते भएका १३२ जनालाई सोरो सीएचसी, गोपालपुर सीएचसी र खन्तपाडा पीएचसीमा सारिएको बताए। अर्कोतर्फ, ओडिशा राज्यको आपतकालीन व्यवस्थापन प्राधिकरणका एमडीले भने कि ४७ जना घाइतेहरूलाई बालासोरको मेडिकल कलेजमा ल्याइएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सर्वोच्च अदालतद्वारा सिधा कुरा डटकमका कँडेल र ढुंगानालाई ३-३ महिना र तिमिल्सिनालाई ६ महिना कैद सजायको फैसला

मुख्य बुँदाहरू: १. सर्वोच्च अदालतले सिधा कुरा डटकम का राजकुमार तिमिल्सिनालाई ६ महिना, प्रकाशक युवराज कँडेल र सम्पादक नवीन...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img