Friday, April 18, 2025
76.1 F
Washington DC.

चीनमा पहिरो: पहाड भत्किँदा १४ जनाको मृत्यु, ५ बेपत्ता

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चीनको सिचुआन प्रान्तमा आइतबार पहिरोका कारण एउटा पहाड भत्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

यो घटना सिचुआन प्रान्तको लेसान शहरमा बिहान ६ बजे भएको थियो र अधिकारीहरूले पहिरोको जानकारी पाएलगत्तै घटनास्थलमा ठूलो उद्धार टोली खटाइएको थियो।

“लेसान सहरमा पहाड भत्किँदा हालसम्म १४ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । उद्धार कार्य जारी छ,” प्रचार विभागका एक वरिष्ठ अधिकारीले भनेका छन् ।

उनले भने कि १८० भन्दा बढीको उद्धार टोली अझै बेपत्ताको खोजी गरिरहेको छ, राज्य सञ्चालित सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img