Friday, March 6, 2026
53.4 F
Washington DC.

डीसी महानगरीय क्षेत्रमा ठूलो, विस्फोट जस्तो आवाज (सोनिक बूम) सुनियो

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एउटा सैन्य विमानले आइतबार दिउँसो वाशिंगटन, डीसी, महानगरीय क्षेत्र भरि ठूलो, विस्फोट जस्तो आवाज (सोनिक बूम) निम्त्यायो।

डिसी क्षेत्रमा एउटा अनुत्तरदायी सानो विमानलाई सैन्य विमान एफ-१६ ले पिछा गर्न जाँदा आइतवार दिउँसो यस क्षेत्रका बासिन्दाहरूले ठूलो, विस्फोट जस्तो आवाज सुनेका थिए। यसबारे अधिकारीहरूले सर्वसाघारणलाई स्पष्ट गर्दै कुनै जोखिम नभएको बताएका छन।

उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमाण्ड (नोराड) ले आइतवार साँझ एक विज्ञप्ति जारी गर्दै वाशिंगटन, डीसी र उत्तरी भर्जिनिया क्षेत्रमा उडान गरेको एक अनुत्तरदायी सेस्ना विमानलाई रोक्नको लागि एफ-१६ लडाकू विमानलाई परिचालन गरिएको जानकारी दिएको छ।

नोराड अधिकारीहरूका अनुसार उक्त सेस्ना विमानलाई लडाकु विमान एफ-१६ ले दिउँसो पूर्वय समय ३:२० बजे रोकेको थियो। तर पाइलट अनुत्तरदायी थिए र विमान जर्ज वाशिंगटन राष्ट्रिय वन, भर्जिनिया नजिकै दुर्घटनाग्रस्त भएको थियो।

नोराडका अनुसार, “विमानलाई सुपरसोनिक गतिमा यात्रा गर्न अनुमति दिइएको थियो र “सोनिक बूम” अर्थात विस्फोट जस्तो ठूलो आवाज यस क्षेत्रका बासिन्दाहरूले सुनेको हुन सक्छ।”

सोनिक बूम विस्फोटनमा सुनिने जस्तै एक ठूलो आवाज हो। यो ध्वनि भन्दा छिटो चल्ने वस्तुको कारणले हुन्छ – समुद्री सतहमा लगभग ७५० माइल प्रति घण्टा।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img