spot_img
Friday, September 20, 2024
83.7 F
Washington DC.
spot_img

अफगानिस्तानमा झण्डै ८० छात्रालाई विष खुवाइएको पुष्टि

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक बालिका विद्यालयका दर्जनौं विद्यार्थीहरूलाई विषाक्त गरिएको सूचना र संस्कृतिका प्रान्तीय निर्देशक मुफ्ती अमिर सारिपुलीले सोमबार जानकारी दिएका छन् ।

“सञ्चारक जिल्लाको काबोद अब क्षेत्रको फैजाबाद गर्ल स्कूलका कूल ७७ विद्यार्थी, सात शिक्षक, पाँच अभिभावक र एक कर्मचारीलाई विषाक्त गरिएको थियो तर प्रभावित व्यक्तिहरूको अवस्था स्थिर छ,” सारिपुलितले थप विवरण नदिई सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

घटनाबारे अनुसन्धान थालिएको अधिकारीले बताएका छन् ।

यसैबीच पीडित छात्राकी आमा महनाजले घटनाको भत्सना गर्दै घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही गर्न प्रदेश प्रशासनसँग माग गरेकी छन् ।

अर्का विद्यार्थीका बुबा अली आगा करबलाईले प्रभावित विद्यार्थीको संख्या ८० रहेको बताउदै आफ्नी छोरीको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताएका छन् ।

गाउँलेका अनुसार आइतबार ८० प्रभावित विद्यार्थीसहित ८७ जनालाई अस्पताल लगिएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img