Saturday, April 19, 2025
71.2 F
Washington DC.

सामुदायिक विद्यालयका ३५ हजार कर्मचारी आन्दोलित 

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालका सामुदायिक विद्यालयहरूमा कार्यरत लेखापाल र सहायक कर्मचारीहरू सरकारसँगको सम्झौता अनुसार तलब वृद्धि हुन नसकेको र आफूहरूमाथि चरम श्रमशोषण भैरहेको भनी आन्दोलनमा उत्रिएका छन् ।

 देशभरी करिब ३५ हजार सङ्ख्यामा रहेका ती कर्मचारीहरूको प्रतिनिधि संस्था नेपाल विद्यालय कर्मचारी परिषद्को आह्वानमा आज उनीहरूले काठमाडौँमा थाल ठटाएर प्रर्दशन गरेका थिए ।

 सामुदायिक विद्यालयहरूमा कार्यरत लेखापालका लागि ३२ हजार ९०० रुपैयाँ र सहायक कर्मचारीको लागि २४ हजार ७०० रुपैयाँ न्यूनतम मासिक पारिश्रमिक हुनुपर्ने उनीहरूको माग छ । यस सम्बन्धमा गत भदौ १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले सो परिषद्सँग न्यूनतम पारिश्रमिक वृद्धि गरी उल्लेखित रकम आगामी बजेटबाट उपलब्ध गराउने सम्झौता गर्नुभएको थियो ।

सम्झौता अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सोका लागि बजेट नछुट्टिएपछि उनीहरु पुनः आन्दोलनमा आएका हुन् । हाल सामुदायिक विद्यालयका लेखापाल र सहायक लेखापाललाई १३ हजार ५०० रुपैयाँ र सहायक कर्मचारीलाई ८ हजार रुपैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ भने केही स्थानीय पालिकाहरूले पनि सोमा थप पारिश्रमिक दिँदै आएका छन् । 

आन्दोलनरत कर्मचारीहरूसँग सरकारले गरेको सम्झौता अनुसारको पारिश्रमिक उपलब्ध गराउन बजेटमा थप ७ अर्ब ८१ करोड ५ लाख २६ हजार रुपैयाँ आवश्यक हुने माग गरी शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले अर्थ मन्त्रालयसमक्ष प्रस्ताव पठाएको थियो । तर, हाल संसद्मा छलफल चलिरहेको बजेटको शिक्षा मन्त्रालय शीर्षकमा सो थप रकम उल्लेख छैन ।

आन्दोलनरत कर्मचारीमा कुल ३५ हजार ६८ जना र सो मध्ये ७ हजार १७८ जना लेखापाल तथा सहायक कर्मचारी २७ हजार ८९० जना रहेको जानकारी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिनुभयो ।

 अध्यक्ष तिवारीले शिक्षामन्त्रीसँग यस अगाडि भएको सम्झौता कार्यान्वयन गर्न सरकारले बजेट नदिएर धोका दिएको उल्लेख गर्नुभयो । उहाँले सम्झौता अनुसार मासिक पारिश्रमिक संघीय सरकारले निकासा गरे स्थानीय पालिकाहरु बाट पाइरहेको थप सुविधा नलिने बताउनुभएको छ । 

सरकारले आन्दोलनरत कर्मचारीहरूको माग पुरा नगरे आगामी असार २ गते देखि देशभरीका सामुदायिक विद्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img