Friday, March 6, 2026
53.4 F
Washington DC.

एकेडेमी अवार्ड विजेता अभिनेत्री तथा पूर्व सांसद ग्लेन्डा ज्याक्सनको ८७ वर्षको उमेरमा निधन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एकेडेमी अवार्ड विजेता ब्रिटिस अभिनेत्री तथा पूर्व सांसद ग्लेन्डा ज्याक्सनको ८७ वर्षको उमेरमा निधन भएको उनको एजेन्टले बिहीबार जनाएका छन ।

“आज बिहान ब्ल्याकथ लन्डनमा उनको घरमा शान्तिपूर्वक मृत्यु भयो।” एजेन्ट लियोनेल लार्नरले समाचार एजेन्सीलाई जानकारी गराएका थिए।

“उनले भर्खरै ‘द ग्रेट एस्केपर’ को छायांकन पूरा गरिन् जसमा उनले माइकल केनसँग सह-अभिनय गरेकी छन,” लार्नरले समाचार माध्यमलाई जानकारी गराइन।

२ पटक एकेडेमी पुरस्कारको विजेता

ज्याक्सनलाई १९६० र ७० को दशकमा सबैभन्दा ठूलो ब्रिटिश फिल्म स्टार मध्ये एक मानिन्थ्यो, जसले “वुमन इन लभ” र “ए टच अफ क्लास” को लागि दुईवटा एकेडेमी अवार्ड जितेकी थिइन।

फिल्ममा उनको सफलता पछि, ज्याक्सनले राजनीतिमा प्रवेश गरिन र संसदमा निर्वाचित भईन। उनले लेबर पार्टिका तर्फबाट सांसदको रूपमा २३ वर्ष सेवा गरेकी थिईन।

ज्याक्सनले १९९७ मा प्रधानमन्त्री टोनी ब्लेयरको पहिलो सरकारमा यातायात मन्त्रीको रूपमा काम गरेकी थिईन।

ज्याक्सनले २०१५ मा संसद छोडेपछि अभिनयमा फर्किइन्। उनी शेक्सपियरको “किंग लियर” मा ब्रडवेमा देखा परिन, अन्य भूमिकाहरू सहित उनी मृत्यु सम्म नै अभिनयमा सक्रिय रहिन।

ह्याम्पस्टेड र किलबर्नका लेबर सांसदका रूपमा ज्याक्सनको उत्तराधिकारी बनेकी ट्यूलिप सिद्दिकले भनिन्, “मेरो पूर्ववर्ती ग्लेन्डा ज्याक्सनको मृत्यु भएको सुनेर आफू मर्माहत भएको छु।”

“एक शक्तिशाली राजनीतिज्ञ, एक अद्भुत अभिनेत्री र मेरो लागि धेरै सहयोगी सल्लाहकार। ह्याम्पस्टेड र किलबर्नले तपाईं ग्लेन्डालाई याद गर्नेछन्,” सिद्दिकले ट्विटरमा लेखेकी छन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img