Sunday, May 18, 2025
70.1 F
Washington DC.

शाहरुख खान अमेरिकामा घाइते, सामान्य शल्यक्रियापछि भारत फर्किए

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतका लोकप्रिय अभिनेता शाहरुख खान अमेरिकामा सडक दुर्घटनामा परी घाइते भएका छन् । जानकारीका अनुसार शाहरुख खान अमेरिकाको लस एन्जलसमा दुर्घटनामा परेका थिए र उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा उनको सामान्य शल्यक्रिया गरिएको थियो । घाइते भएका शाहरुख खान अहिले मुम्बईमा छन् । आफ्नो उपचार पछि उनी आफ्नो परिवार संग रहन भारत फर्केका छन् ।

ईटी टाइम्सको रिपोर्ट अनुसार एउटा फिल्मको सुटिङका ​​लागि अमेरिकामा रहेको समय शाहरुख खान सडक दुर्घटनामा परेका थिए र उनको नाकमा चोट लागेको थियो। नाकमा चोट लागेपछि रगत बग्न थालेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । जहाँ उनको सामान्य शल्यक्रिया गरिएको थियो ।

शाहरुख खान यसअघि पनि सुटिङका ​​क्रममा घाइते भएका थिए । फिल्म ‘रईस’ को सुटिङका ​​क्रममा पनि उनी घाइते भएका थिए । त्यही क्रममा उनको शल्यक्रिया पनि गरिएको थियो । चेन्नई एक्सप्रेसको सुटिङका ​​क्रममा उनी धेरै चोटि घाइते भएका थिए ।

आफ्नो फिल्मी करियरमा शाहरुख खानको यो वर्ष राम्रोसँग बितेको छ । उनको पछिल्लो फिल्म पठानले बक्स अफिसमा ठूलो सफलता हात पारेको थियो । पठान पछि, उनी आफ्नो अर्को, जवान रिलिजको लागि तयारी गरिरहेका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img