Thursday, April 23, 2026
83.6 F
Washington DC.

नेयमारलाई ३.५ मिलियन डलर जरिवानाः वातावरणीय अपराध गरेको गम्भिर आरोप

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ब्राजिलका फुटबल स्टार नेयमारलाई वातावरणीय अपराध गरेको कसुरमा ३.५ मिलियन बराबर हुने अमेरिकी डलर जरिवाना गरिएको छ।

नेयमारलाई ब्राजिलका अधिकारीहरूले दक्षिणपूर्वी ब्राजिलमा आफ्नो तटीय बंगलाको निर्माणको क्रममा वातावरणीय नियमहरूको उल्लङ्घन गरेको आरोपमा १६ मिलियन रेइस ($ ३.३३ मिलियन अमेरिकी डलर) को भारी जरिवाना तिराउने निर्णय गरेका छन्।

“लक्जरी परियोजनाले मीठो पानीका स्रोत, ढुङ्गा र बालुवाको प्रयोग र आवागमनसम्बन्धी नियम उल्लंघन गरेको पाइयो,” अघिकारिहरूले भनेका छन। नेवारलाई उल्लेखित आरोपहरू सुरुमा गत महिना लगाईएको र सोमबार पुष्टि भएको बताइएको छ।

नेयमारका प्रवक्ताले संचार माध्यमलाई यस विषयमा कुनै टिप्पणी गर्न नचाहेकोले थप प्रतिक्रिया पाउन सकिएको छैन। फूटवल स्टारको निवास ब्राजिलको रियो दि जेनेरियो राज्यको दक्षिणी तटमा रहेको मंगारातिबा शहरमा अवस्थित छ।

मङ्गारतिबाको वातावरणीय निकायले संचार माध्यमलाई दिएको जानकारी अनुसार नेयमारको निवासमा कृत्रिम ताल निर्माण गर्दा वातावरणीय उल्लङ्घन भएको हो।

नेयमारलाई लगाईएको जरिवानाका साथै अब यो मुद्दा स्थानीय महान्यायाधिवक्ताको कार्यालय, प्रदेश नागरिक प्रहरी र वातावरण संरक्षण कार्यालय लगायतका विभिन्न वातावरणीय नियन्त्रण निकायहरूबाट अनुसन्धान हुने बताइएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img