Friday, March 6, 2026
51.9 F
Washington DC.

भारतबाहेक अन्य मुलुकमा जाने व्यक्तिले २५ सय डलरसम्म लैजान पाउने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाली नागरिकको वैदेशिक यात्रामा सहजीकरण गर्ने उद्देश्यले महत्वपूर्ण कदम चाल्दै राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिलाई परिमार्जन गरेको छ । पछिल्लो नीतिअनुसार अब भारतबाहेक अन्य मुलुकमा जाने व्यक्तिले २५ सय डलरसम्म लैजान पाउनेछन् ।

भारतभन्दा बाहिरका गन्तव्यमा जान चाहने नेपाली यात्रुलाई आर्थिक प्रतिबन्ध खुकुलो पार्न राष्ट्र बैंकले यस्तो घोषणा गरेको जनाएको छ । यस अघि विदेश जाने नेपाली नागरिकलाई जम्मा १५ सय डलरसम्मको सटही सुबिधा दिइएको थियो।

मौद्रिक नीतिले योग्य नेपाली नागरिकले एक वर्षमा दुई पटक , प्रतेक पटक २५ सय डलरसम्मको यो बढेको सटही सुबिधा पाउने व्यवस्था गरेको छ । यस परिवर्तनले विदेशको यात्रामा थप सहज हुने विश्वास गरिएको छ ।

यो निर्णयलाई सर्वत्र स्वागत गरिएको छ र नेपाली नागरिकहरूलाई विश्वभरका गन्तव्यहरूमा अझ बढी पर्यटन, व्यापार यात्रा र शैक्षिक गतिविधिहरूलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img