spot_img
Thursday, November 21, 2024
45.3 F
Washington DC.
spot_img

बंगलादेशमा बस पोखरीमा खस्दा १७ जनाको मृत्यु, २० जना घाइते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बंगलादेशको दक्षिणपश्चिमी भागमा शनिबार बस सडकबाट चिप्लिएर पोखरीमा खस्दा कम्तीमा १७ यात्रुको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । ६५ यात्रु बोकेको बस भंडारिया उपजिल्लाबाट दक्षिण–पश्चिम डिभिजनको सदरमुकाम बरिसाल जाँदै गर्दा झलकाठीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकले गाडीको नियन्त्रण गुमाएपछि बस पल्टिएर पोखरीमा खस्दा उक्त दुर्घटना भएको थियो ।

स्थानीय समाचार माध्यमका अनुसार उद्वारमा खटिएका अधिकारीहरुले १७ वटा शव फेला पारेका छन् र प्रहरीले क्रेनको सहयोगमा पोखरीबाट बस निकाल्ने प्रयास गरिरहेको प्रहरी अधिकारीले पत्रकारहरूलाई जानकारी गराएका छन । अविरल वर्षाका कारण पोखरीमा पानी भरिएको छ । प्रहरी नायव निरीक्षक गौतमकुमार घोषले पत्रकारलाई बताए अनुसार मृत्यु हुनेमा आठ महिला र तीन बालबालिका छन् । उद्धार कार्य सकिएपछि बसभित्र थप शव भेटिन सक्ने उनले बताए । अन्य २० यात्रुको झलकाठीको मुख्य सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ६५ यात्रु रहेको अनुमान गरिएको छ । बस चलाउँदा चालक सचेत नभएको दुर्घटनामा घाइते भएका हरुको भनाई छ। चालकले आफ्ना सहचालकसँग लगातार कुरा गर्दै बसमा बढी यात्रु बोक्न आग्रह गरिरहेको बसमा सवार यात्रुहरुले बताएको जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img