spot_img
Monday, May 13, 2024
51.8 F
Washington DC.
spot_img

हलिउड फिल्म बार्बी आलोचनात्मक र व्यावसायिक रूपमा धुम मच्चाउदै – पाकिस्तान सहित धेरै मुस्लिम देशहरुद्वारा प्रतिबन्ध

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मार्गोट रोबी र रायन गोस्लिङ अभिनीत निर्देशक ग्रेटा गेर्विगको फ्यान्टेसी-कमेडी चलचित्र ‘बार्बी’ ले अधिकांश थिएटरहरूमा हाउसफुल भई आलोचनात्मक र व्यावसायिक रूपमा निकै धुम मच्चाई रहेको छ। ‘बार्बी’ले विश्वभरका सिनेमा हलमा धुम मच्चाइर रहदा उता पाकिस्तान लगायत अन्य मुस्लिम देशहरुले यसको LGBTQ+ विषयवस्तुको कारणले फिल्मलाई प्रतिबन्ध लगाउने विचार गरेका छन् ।

यो फिल्म अहिले निकै चर्चामा रहेको र सिमेमाघरमा दर्शकहरु तान्न सफल भएको छ। तर धेरै मुस्लिम देशहरुले बार्बीमा “आपत्तिजनक सामग्री” को कारण देखाई विरोध गरिरहेका छन्। पाकिस्तानको पंजाब सेन्सर बोर्डले यसमा अस्थायी प्रतिबन्ध लगाए सकेको छ।

पाकिस्तानको स्थानीय समाचार डेली पाकिस्तानका अनुसार फिल्मबाट आपत्तिजनक सामग्री हटाएपछि फिल्ममाथिको प्रतिबन्ध फुकुवा हुनेछ । सेन्सर बोर्डका अधिकारीहरूले यतिबेला फिल्मको समीक्षा गरिरहेका र पछि सेन्सर कपी जारी भए पछि पाकिस्तानी सिनेमाघरहरूमा रिलिज हुनेछ।

तस्बिर: वार्नर ब्रदर्स

यद्यपी युएई, इजिप्ट, कतार, इरान, साउदी अरेबिया जस्ता अन्य इस्लामिक देशहरूले फिल्मलाई प्रतिबन्ध लगाएकाले फिल्मलाई प्रतिबन्ध लगाउने पाकिस्तान मात्र मुस्लिम राष्ट्र होइन। धेरै जसो इस्लामिक राष्ट्रहरूले LGBTQ समर्थक सामग्रीलाई धेरै उत्साहजनक रूपमा हेर्दैनन्, न त उनीहरू यसलाई धेरै सकारात्ममा यस्तो प्रतिबन्ध लगाउने गर्दछन ।

अन्य देशले यसमा अस्थायी प्रतिबन्ध लगाए पनि इरानले स्थायी प्रतिबन्ध लगाएको छ । इस्लामिक देश बाहेक रुस र भियतनाम जस्ता देशले पनि फिल्ममाथि प्रतिबन्ध लगाएका छन् । फिलिपिन्सका अधिकारीहरूले एक हप्ता लामो समीक्षा पछि ग्रीष्मकालीन ब्लकबस्टर बार्बीलाई देशमा रिलीज गर्न अनुमति दिने निर्णय गरेका छन्।

‘बार्बी’ मा ‘नाइन ड्यास लाइन’ -एक काल्पनिक नक्सा समावेश छ, जसले दक्षिणपूर्व एशियामा विवाद निम्त्याएको छ।

‘बार्बी’ मा एक काल्पनिक नक्सा- नाइन ड्यास लाइन’ समावेश छ, जसले दक्षिणपूर्व एशियामा विवाद निम्त्याएको छ। तस्बिर: वार्नर ब्रदर्स

शिशुहरूका बीच उपभोक्तावादी मनोवृत्तिलाई बढावा दिएको भन्दै रूसले अस्थायी रूपमा बार्बी फिल्मलाई प्रतिबन्ध लगाएको छ । उता, भियतनाम र फिलिपिन्सले यसलाई ‘नाइन ड्यास लाइन’ को चित्रणको कारणले प्रतिबन्ध लगाएको बताइन्छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img