spot_img
Wednesday, September 25, 2024
64.1 F
Washington DC.
spot_img

सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

त्रिभुवन विमानस्थलमा सुन तस्करीमा संलग्न रहेको अभियोगमा विमानस्थलका भन्सार अधिकृतसहित ६ जनालाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदकर्ता तथा चेकर कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । शनिबार भन्सार विभागले निलम्बन गरेपछि उनीहरुलाई आइतबार नियन्त्रणमा लिइएको हो । एक्स–रे मेसिनमा शंकास्पद देखिए पनि सुनको निरीक्षणमा लापरवाही गरेको भन्दै उनीहरुलाई निलम्बन गरिएको भन्सार विभाग स्रोतले जनाएको छ ।

सोही दिन अन्य तीनजनामा भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बालाई पक्राउ गरीएको छ। उनीहरु उपर थप अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलमा सुन तस्करी भएको सूचना पाएपछि यो मुद्दा बाहिर आएको हो । सूचनाका आधारमा अधिकारीहरूले गत मंगलबार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको उडानमा ब्रेक सू मा लुकाएर तस्करी भइरहेको करिब १०० किलो सुन बरामद गरेको हो ।

पक्राउ परेका ६ जनाबाहेक विभागले यसअघि तस्करीमा संलग्न अन्य १० जनालाई पनि नियन्त्रणमा लिएको थियो । तीमध्ये एकजना चिनियाँ नागरिक छन् भने अर्का भारतीय नागरिक छन् ।

बरामद सुनको यकिन परिमाण पत्ता लगाउन राजस्व अनुसन्धान विभागले बरामद सुन बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार शाखामा पठाएको थियो । यद्यपी तस्करी गरिएको सुनको सहि परिमाण अझै यकिन भएको छैन ।

यी व्यक्तिहरूको पक्राउले तस्करीको सञ्जालको दायरा र भविष्यमा यस्ता गैरकानूनी गतिविधि रोक्न आवश्यक उपायहरूको खोजी हुने अपेक्षा गरिएको छ। राजस्व अनुसन्धान विभागले सुन तस्करी नियन्त्रण गर्न र विमानस्थल भन्सार प्रक्रियाको निष्पक्षता कायम राख्न प्रयास जारी राखेको बताएको छ । अनुसन्धान अघि बढ्दै जाँदा घटनामा थप विवरण आउन बाँकी छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img