spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

चिनको एक विद्यालयमा जिमको छाना खस्दा ९ जना को मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

उत्तरपूर्वी चिनको एक विद्यालयको जिमको छत भत्किँदा नौ जनाको मृत्यु भएको र दुईजना फसेको सरकारी सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।हेइलोङजियाङ प्रान्तको क्विकहारमा रहेको ३४ नम्बर मिडिल स्कूलको जिमको छत स्थानिय समय आइतवार दिउँसो ३ बजे भत्किँदा उक्त दुर्घटना भएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

लङ्सा जिल्लाको ३४ नम्बर माध्यमिक विद्यालयमा आइतबार करिब १ हजार २ सय वर्ग मिटर क्षेत्रफलमा बनेको जिमको छाना भत्किँदा त्यहा १९ जना रहेको बताइएको छ । दुर्घटनामा चार जना बाँच्न सफल भएको नगरपालिकाको खोज तथा उद्धार मुख्यालयले जनाएको छ ।

राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार अहिलेसम्म १३ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको छ, जसमध्ये तीन जनाको मृत्यु भएको छ भने अन्य छ जनाको उपचारको क्रममा मृत्यु भएको छ। राज्य प्रसारक सिसिटिभि द्वारा प्रसारित फुटेजले जिमको सम्पूर्ण छत भत्किएको र उद्धारकर्ताहरूले भग्नावशेष हटाउँदै गरेको देखाइएको छ।

उद्धार कार्य अझै जारी छ। प्रारम्भिक अनुसन्धानमा नजिकै अर्को शैक्षिक भवन निर्माण गरिरहेका निर्माण मजदुरले जिमको छतमा अवैध रूपमा पर्लाइट (निर्माणमा प्रयोग हुने सामग्री) राखेको र वर्षाको समयमा पानी सोसिएर त्यसको तौल बढेको खुलेको छ ।

यस विषयमा गहिरो अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । सिन्ह्वाले निर्माण कम्पनीका इन्चार्जलाई प्रहरी हिरासतमा लिइएको जनाएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img