Friday, March 6, 2026
51.9 F
Washington DC.

अमेरिकामा फेरि बढ्यो कोभिड–१९ संक्रमण, जुलाईमा १० प्रतिशत बिरामी बढे

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया


अमेरिकामा फेरि एकपटक कोभिडका बिरामी हरु बढेका छन् । रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसि ) का अनुसार जुलाई १५ सम्म, ७,१०९ कोभिडका बिरामीहरूलाई अस्पतालमा भर्ना गरिएको थियो। जबकि एक साता अघि यो संख्या ६ हजार ४४४ थियो । अस्पतालमा कोभिडका बिरामीहरूको संख्या १० प्रतिशतले बढेको छ। यो संख्या गत डिसेम्बरयताकै उच्च हो ।

सीडीसीका अनुसार जुलाई २१ सम्म अस्पतालको इमर्जेन्सीमा आउने औसत ०.७३ प्रतिशतमा कोभिड-१९ देखिएको थियो। एक महिना अघि जुन २१ सम्म यो संख्या ०.४९ प्रतिशत मात्र थियो ।

लगभग छ, सात महिनाको निरन्तर गिरावट पछि जब अवस्था ठीक हुन थाल्यो तब कोभिड्का बिरामीहरुको तथ्याङ्क बढ्न गएको एटलान्टाका सीडीसी अधिकारी डा. ब्रेन्डन ज्याक्सनका बताएका छन्। “हामीले पछिल्ला केही हप्ताहरूमा यो वृद्धि देखेका छौं। यो हप्ता, लामो समय पछि पहिलो पटक, हामीले अस्पतालमा भर्ना हुनेहरूको संख्यामा पनि वृद्धि भएको देख्यौं,” ज्याक्सनले बताए ।

अस्पतालमा भर्ना हुनेको संख्या बढेको छ, तर गत वर्षको सोही समयमा रेकर्ड गरिएको स्तरभन्दा तल रहेको छ। जुलाई २०२२ मा, एक हप्तामा कम्तिमा ४४,००० बिरामी अस्पतालमा भर्ना भएका थिए। जसमध्ये ५ प्रतिशत कोभिड–१९ सँग सम्बन्धित बिरामीहरु इमर्जेन्सीमा भर्ना भएका थिए । सीडीसीका अनुसार यस पटक एक सुपर ट्रान्समिसिबल भेरियन्टका कारण बिरामी अस्पतालमा आउने गरेका छन्, त्यस्तो होइन । सीडीसीका अनुसार हाल फैलिएको कोभिड XBB संस्करण हो जसले गत बर्षको जाडोमा संक्रमण गरेको थियो र यस पटक गर्मीमा पुन फैलिरहेको छ।

अमेरिकामा कोभिडको संक्रमण दर अझै पनि ‘ऐतिहासिक आकणाका तुलनामा कम’ छ। यसले विज्ञहरुलाई केही राहत दिएको छ । विज्ञहरूका अनुसार देशमा कुल संक्रमण सम्बन्धी मृत्यु घट्दै गएको छ, र सीडीसीले ट्र्याक गर्न थालेदेखि सबैभन्दा कम दरमा छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img