spot_img
Tuesday, September 24, 2024
62 F
Washington DC.
spot_img

मेगा मिलियन्स ज्याकपट $ १ .२५ बिलियनमा पुग्यो , लगातार ३० औं ड्रमा कसैलाई पनि ज्याकपट परेन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मंगलबार राति खोलिएको मेगा मिलियन्स ज्याकपट कसैलाई पनि नपरेपछि आगामी शुक्रबारका लागि ज्याकपट बढेर $ १.२५ बिलियन डलर पुगेको छ । अप्रिल १८ देखि मेगा मिलियन्स ज्याकपटको बिजेता नभए पछि पुरस्कार राशी लगातार बढ्दै गएर अमेरिकी इतिहासमा सबैभन्दा ठूलो ज्याकपटहरू मध्ये एक को रेकर्ड बनाउन सफल भएको छ ।

मंगलबार राति खोलिएको मेगा मिलियन्सको नम्वर थियो ८ , २४ , ३० , ४५ , ६१ र पहेंलो बल (ज्याकपट) नम्बर १२। दुर्भाग्यवश, कसैले पनि उल्लेखित ज्याकपट परेन । यो विजेता बिना लगातार३० औं ड्र थियो ।

मेगा मिलियन्स ज्याकपट पर्ने सम्भावनाहरू अत्यन्त न्यून छ, अर्थात ३०२. ६ मिलियन टिकटमा १ ले प्राप्त गर्ने सम्भावना हुन्छ। यद्यपि, मेगा मिलियन्सका खेलाडीहरूले अझै पनि साना पुरस्कारहरू : $२ देखि $ १ मिलियन सम्म जित्न सक्षम भएका छन्।

$१. २५ बिलियन पुरस्कार विजेताले वार्षिकी विकल्प छनोट गर्न सक्दछ जसमा ३० बर्ष को बार्षिक भुक्तानीहरू पर्दछ । वैकल्पिक रूपमा एकमुष्ट भुक्तानी पनि छनौट गर्न सकिन्छ जसमा विजेताले अनुमानित $६२५.३ मिलियन पुरस्कार प्राप्त गर्न सक्नेछ ।

सम्भावित विजेताले आफ्नो चिठ्ठा पुरस्कार राशिमा संघीय कर तिर्नु पर्दछ।

मेगा मिलियन्स चिठ्ठा अमेरिकाको ४५ राज्यहरूमा उपलब्ध छ। ज्याकपटको पुरस्कार राशि अभूतपूर्व उचाइमा पुग्दा करडौ आशावादीहरू अब यस $ १. २५ बिलियन ज्याकपटको भाग्यशाली विजेता बन्ने आशामा अर्को ड्रको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img