Friday, March 6, 2026
53.4 F
Washington DC.

युक्रेनद्वारा सोभियत युगको प्रतीक परिवर्तन, हथौडा र हँसियाको प्रतीकलाई त्रिशूलले प्रतिस्थापन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेनले किभको पहाडी स्मारकबाट सोभियत युगको प्रतीक हटाएको छ, हथौडा र हँसियाको प्रतीकलाई त्रिशूलले प्रतिस्थापन गरेको छ। युक्रेनले यस हप्ता मातृभूमि स्मारकको ढालमा सोभियत हथौडा र हँसिया प्रतीकलाई हटाउदै त्रिशूल राखेको हो ।

“हामी विश्वास गर्छौं कि यो परिवर्तनले हाम्रो संस्कृति र पहिचानको पुनरुत्थानमा नयाँ चरणको सुरुवात हुनेछ,” युक्रेनको संस्कृति मन्त्रालयले भनेको छ। मन्त्रालयका अनुसार रुसी प्रतीक चिह्नलाई नष्ट गर्न हप्ता लामो अपरेसन गरिएको थियो।

यो प्रतिक चिन्ह स्टिलबाट बनेको १०२ मिटर अग्लो ढुङ्गाको स्तम्भ हो। १९७९ मा निर्मित यो स्मारकले तरवार र ढालमा सोभियत हथौडा र हँसिया समातेको एक महिलालाई चित्रण गरेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img