Wednesday, June 10, 2026
72.7 F
Washington DC.

पाकिस्तानमा पत्रकारको गोली हानी हत्या

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानमा एक पत्रकारको हत्या भएको छ। अगस्ट ७ तारिखमा गुलाम असगर खाँदलाई प्रेस क्लबबाट घर जाँदै गर्दा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका हुन्।

घटनाबारे तत्काल छानबिन गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइजेएफ) र पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्टले पत्रकार असगर हत्याको तत्काल छानबिन हुनुपर्ने माग गरेका छन्।

सिन्धी दैनिक सोभसँग आबद्ध असगरमाथि उत्तरी सिन्ध सहर खैरपुरनजिकै आक्रमण गरी हत्या गरिएको बताइएको छ। अहमदुपर इलाकास्थित एउटा गेस्ट हाउसमा बसिरहेका बेला मोटरसाइकलमा आएको अज्ञात व्यक्ति उहाँमाथि गोली प्रहार गरेका थिए।

आक्रमणमा परेका असगरलाई नौवटा गोली लागेको थियो। उहाँलाई तत्काल पिरजो गोठ तालुक अस्पताल लग्दालग्दै मृत्यु भएको थियो।
मृत्युअघि खाँदले अवैध गतिविधिबारे समाचार लेख्नुभएको थियो। स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। आईएफजे र पीएफयुजेले हाल घटनाको अनुसन्धान गरिरहेका छन्।

पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्टका अध्यक्ष जिएम जमाली र महासचिव राना मोहम्मदले सिन्ध सरकार र प्रहरीसमक्ष हत्यारालाई तत्काल पक्राउन गर्न र मारिएका पत्रकारको परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ।

यस्तै आइजेएफले पाकिस्तानमा पत्रकार र मिडियाकर्मीले प्रत्येक वर्ष अनुचित हत्याको सामना गर्ने बताएको छ। अनुसन्धानमा ढिलाइ र दण्डहीनताका बढ्दा जोखिम बढेको जनाएको छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img