spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

पाकिस्तान: गत हप्ताको रेल दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिबेदन सार्वजनिक, यस्तो थियो ३१ जनाको मृत्युको कारण

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानको सिन्ध प्रान्तमा आइतवार भएको ठूलो रेल दुर्घटनाको अनुसन्धानको प्रारम्भिक प्रतिबेदन सार्वजनिक भएको छ। प्रतिबेदनमा फिशप्लेट र बिग्रिएको ट्र्याकका कारण एक्सप्रेस रेल पटरीबाट खसेको बताइएको छ । दुईवटा रेल जोड्ने प्लेटलाई फिशप्लेट भनिन्छ।

पाकिस्तानको सिन्ध प्रान्तमा आइतवार हजारा एक्सप्रेस ट्रेनका धेरै डिब्बा पटरीबाट खसेका थिए । दुर्घटनामा करिब ३१ जनाको मृत्यु भएको र  १२० भन्दा बढी घाइते भएका थिए । ट्रेन कराँचीबाट रावलपिंडी जाँदै थियो। नवाबशाह जिल्लाको सरहरी रेलवे स्टेशन नजिकै रेल पटरीबाट खसेको थियो । सरहरी कराँचीबाट २७५ को दूरीमा छ।

दुर्घटना पछाडिको कारण

पाकिस्तान रेलवेको ६ सदस्यीय अनुसन्धान टोलीले सोमबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । सबै कोणबाट अध्ययन गरेपछि क्षतिग्रस्त ट्र्याक र फिशप्लेट हराएको कारण दुर्घटना भएको अनुसन्धान टोलीले निष्कर्षमा निकालेको छ  । यससँगै रेलको इन्जिन चिप्लिनु पनि दुर्घटनाको अर्को कारण रहेको टोलीले जनाएको छ ।

इन्जिन जाँच नगरी पठाइयो

प्रतिवेदनमा जनाइए अनुसार वरिष्ठ अधिकारीहरूले जाँच नगर्दै रेलको इन्जिनले घटनास्थल छोडेको थियो। साथै, दुर्घटना स्थल बाहिर फलामको फिशप्लेट र काठको टर्मिनलमा साना हिटिंग स्पटहरू भेटिको समेत जनाइएको छ । प्रतिवेदनले स्पष्ट रूपमा दुर्घटनाको लागि इन्जिनियरिङ र मेकानिकल शाखालाई दोषी ठहराएको छ।

टोलीका दुई सदस्यद्वारा असहमति 

तर, अनुसन्धान टोलीका दुई सदस्यले प्रतिवेदनप्रति असहमति जनाएका छन् ।स्थानिय संचार माध्यमका अनुसार, एक अधिकारीले प्रतिवेदनमा आफु  सहमत नभएको बताएका छन् । उनका अनुसार दुईवटा फिशप्लेटहरू हराएका थिए र ट्र्याकमा क्षति पुगेको थियो। यसबाहेक, गेज स्प्रेडका कारण इन्जिन पटरीबाट खसेको कारण पनि हुनसक्छ। ह्वील डिस्कको बाहिरी भागमा पनि स्क्र्याचको निशान देखिन थालेपछि मात्रै यस्तो भएको उनले बताएका छन् । थप रूपमा, ट्र्याक, फिशप्लेट र बोल्टमा कुनै चिन्हहरू फेला नपरेको उनले बताएका छन।

अर्को एक अधिकारीले भने कि पटरीबाट खसेको वास्तविक कारण इन्जिन एक्सल जाम भएकाले थियो। यस कारण, फिशप्लेटहरूमा चिन्हहरू छोडिएका थिए। बारम्बार जामको कारण यो गहिराई बढेको, हराइरहेको फिशप्लेटको फिश बोल्ट भाँचिएको उनले बताए।

अन्तिम प्रतिवेदनकालागि समय लाग्ने

तर, यो प्रारम्भिक अनुसन्धान प्रतिवेदन भएको बताइएको छ । अन्तिम प्रतिवेदन तयार हुन केही समय लाग्नेछ । दुर्घटनाको कारण पत्ता लगाउन संघीय सरकारका रेल निरीक्षकहरू घटनास्थलमा रहेकाले विस्तृत अनुसन्धान भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

दुई शव अझै अस्पतालमा

बेनजिराबादको नवाबशाहको गृह जिल्लाको पीपुल्स मेडिकल कलेज अस्पतालको प्रशासनले संचार माध्यमलाई जानकारी दिए अनुसार १२० भन्दा बढी घाइतेहरूलाई अस्पतालमा सारिएको थियो र तीमध्ये धेरैलाई उपचार पछि डिस्चार्ज गरिएको छ, जबकि ३० जनाको हाल उपचार भइरहेको छ। यसबाहेक २९ जनाको शव परिवारलाई बुझाइएको छ । सोही क्रममा सनाखत हुन नसकेका दुई महिलाको शव अझै अस्पतालमै रहेको बताइएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img