spot_img
Thursday, May 9, 2024
70.1 F
Washington DC.
spot_img

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्या प्रयास असफल, कथित रसियन खुफिया एजेन्ट पक्राउ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेनको सुरक्षा सेवा (एसवियु) ले हवाई हमला मार्फत राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्रलाई सफलतापूर्वक विफल पारेको जनाएको छ। एसवियुले जानकारी दिए अनुसार राष्ट्रपतिको ठेगाना खुलाउन काम गरिरहेको एक रूसको खुफिया सहयोगीलाई सम्भावित आक्रमण गर्न बाट रोक्न समयमै पक्राउ गरिएको छ।

राष्ट्रपति जेलेन्स्कीको भ्रमणको क्रममा दक्षिणी माइकोलाइभ क्षेत्रमा ठूलो हवाई हमला गर्ने लक्ष्य राखेर कथित खुफिया सूचनादाताको प्रयासमा रुसले आयोजना गरेको ठूलो योजना भएको उक्रेनको सुरक्षा सेवाले जनाएको छ।

युक्रेनको सशस्त्र बलका प्रवक्ताले यो अपरेसनलाई सफल भएको भन्दै प्रशंसा गर्दै यसलाई रणनीतिक हस्तक्षेपबाट रोक्न खोजिएको “हत्या गर्ने प्रयास” को रूपमा वर्णन गरेका छन।

गिरफ्तार गरिएको रसियाको खुफिया एजेन्ट महिला माइकोलाइभको ओचाकोभ सहरबाट आएको सैन्य स्टोरमा पूर्व सेल्सवुमनको रूपमा कार्यारत रहेको जनाइएको छ। एसवियुले उनलाई रूसको मुख्य सुरक्षा र जासुसी एजेन्सी एफएसवी एजेन्टहरूको प्रभावमा परेको भनी पहिचान गरेको छ।

युक्रेनको इलेक्ट्रोनिक युद्ध प्रणाली र गोलाबारुद गोदामहरू पत्ता लगाउन रुसले खटाएको उक्त महिलाको गतिविधिहरू संकास्पद देखिएको थियो र पछी हत्याको षड्यन्त्र सम्म पुगेको एसवियुले जनाएको छ।

राष्ट्रपति जेलेन्स्कीको भर्खरैको माइकोलाइभको भ्रमण जुलाईको अन्त्यमा उल्लेख गरिएको थियो, जबकि जारी द्वन्द्वको समयमा यसअघिका भ्रमणहरूले पनि विगतका प्रयासहरूको शंका उब्जाएको थियो।

उक्रेनको एसवियुले सूचना दिने महिला र उनको रसियन एजेन्ट बीचमा आदानप्रदान भएको विश्वास गरिएको टेक्स म्यासेज सन्देशहरूको स्क्रिनसट प्रकाशित गरेको छ।

रसियन खुफिया महिलाले अब १२ वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ। एसबीयूले उनलाई माइकोलाइभको ओचाकोभ सहरकी बासिन्दा र सैन्य स्टोरमा पूर्व सेल्सवुमनको रूपमा पहिचान गरेको जनाएको छ।

युक्रेनी सरकार र सुरक्षा बलहरू राष्ट्रको नेतृत्वको सुरक्षा र स्थायित्वको रक्षा गर्न कटिबद्ध रहेको र जारी खतराहरूको सामना गर्दै सतर्क रहेको एसवियुले जनाइएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img