Monday, May 19, 2025
74.2 F
Washington DC.

महँगीको पिडामा भारत: आयात गर्दै नेपाली टमाटर

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रतिपक्षी दलले ल्याएको अविश्वासको प्रस्तावमाथि संसदमा बिहीबार जवाफ दिँदै अर्थमन्त्री निर्मला सीतारमणले टमाटरको उच्च मूल्य घटाउन नेपालबाट टमाटर आयात भइरहेको र पहिलो खेप शुक्रबार वाराणसी, लखनउ र कानपुर आई पुग्ने बताएकी छन् । भारत सरकारले टमाटर आयातमा लगाएको प्रतिबन्ध समेत फुकुवा गरेको छ । यस हप्ताको अन्त्यसम्म, टमाटरको थोक बिक्री मूल्य दिल्ली र एनसीआरमा प्रति किलोग्राम ७० रुपैयाँमा हुने अर्थमन्त्री सीतारमणले संसदलाई जानकारी गराएकी छन ।

नेपालबाट टमाटर आयातका लागी भारतीय राष्ट्रिय सहकारी उपभोक्ता महासंघ (एनसीसीएफ) र नेफेड  मार्फत गरिने भएको छ। आन्ध्र प्रदेश र कर्नाटकको थोक बजारमा टमाटरको भाउ घट्दै गएको र अन्य स्थानमा पनि टमाटरको मूल्य घट्ने अपेक्षा गरिएको अर्थमन्त्रीले बताए । कर्नाटकको कोलार मण्डीबाट प्रतिकिलो ८५ रुपैयाँमा टमाटर किन्न आदेश दिइएको छ ।

अर्थमन्त्री सीतारमणका अनुसार महाराष्ट्र र आन्ध्र प्रदेशबाट पनि टमाटर खरिद भइरहेको छ । बिहार, पश्चिम बंगाल र उत्तर प्रदेश जस्ता राज्यमा पनि टमाटर सस्तोमा बिक्री भइरहेको छ । सीतारमणले मुद्रास्फीति घटाउन सरकारले धेरै कदम चालेको तर थप कदम चाल्न आवश्यक रहेको बताएकी छन् । प्रतिपक्षी दलले ल्याएको अविश्वासको प्रस्तावमाथि संसदमा जवाफ दिँदै अर्थमन्त्रीले विश्व अर्थतन्त्र उच्च मुद्रास्फीति र सुस्त बृद्धिको चुनौतीसँग जुधिरहेको बेला भारत तीव्र गतिमा वृद्धि हुने मुलुक बनेको बताइन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img