Thursday, April 23, 2026
83.6 F
Washington DC.

युक्रेन युद्धको गम्भीर हताहत : न्यूयोर्क टाइम्सद्वारा दुबै पक्षमा उच्च हताहतको तथ्याङ्क सार्वजनिक

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै शुक्रबारको न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार युक्रेन युद्धमा दुवै पक्षमा झण्डै पाँच लाख सैनिक मारिएका वा घाइते भएका हुन् सक्ने जनाएको छ ।

कीभले तथ्याङ्कहरू प्रकाशित नगर्ने र मस्कोले मृत्यु र घाइतेहरुका बारेमा कम रिपोर्ट गर्ने गरेकोले हताहतको संख्या अनुमान गर्न गाह्रो भएको रिपोर्टले भनेको छ ।

रुसी पक्षमा १ लाख २० हजार सैनिक मारिएका र १ लाख ७०१ हजार देखि १ लाख ८० हजार सम्म घाइते भएको अनुमान गरिएको अज्ञात अमेरिकी अधिकारीलाई उदृत गर्दै रिपोर्टमा भनिएको छ । करिब १८ महिना अघि रूसी आक्रमण सुरु भएदेखि युक्रेन तर्फ ७० हजार सैनिकहरू मारिएका र १ लाख देखि १ लाख २० हजार सम्म घाइते भएका ति अधिकारीले बताएको रिपोर्टमा उल्लेख गरिएको छ ।

यी तथ्याङ्कहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न न सकिएको समेत उल्लेख गरिएको छ।

नोभेम्बरमा, अमेरिकी संयुक्त चिफ अफ स्टाफ मार्क मिलिले १ लाख भन्दा बढी संख्यामा दुवै पक्षका सैनिकहरूको मृत्यु भएको जनाएका थिए । न्यूयोर्क टाइम्सका अनुसार जाडो र वसन्त ऋतुमा हताहतको संख्यामा तीव्र वृद्धि भएको छ। यो तीव्र वृद्धि विशेष गरी विवादित पूर्वी सहर बाख्मुतमा महिनौंसम्म चलेको भीषण लडाइको सन्दर्भ गरिएको थियो।

थप रूपमा, प्रतिवेदनले हालको काउन्टरअपरेसनको क्रममा हजारौं युक्रेनी सैनिकहरू मारिएको वा घाइते भएको उल्लेख गरेको छ।

युक्रेन मा रूसी युद्ध फेब्रुअरी २४ , २०२२ मा सुरु भएको थियो र अहिलेसम्म यो युग्दको कुनै स्पष्ट अन्त हुने सम्भावना देखिएको छैन । अन्तर्राष्ट्रिय समुदायले रुसी आक्रमणलाई निन्दा गरेको छ र राष्ट्रपति भ्लादिमिर पुटिनलाई हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराधको आरोप लगाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img