spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

आँधीबेहरी हिलारी: लस एन्जलसमा ठूलो चक्रवातको चेतावनी, मौसमविद्हरूद्वारा ठूलो क्षतिको आशंका

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

डाउनटाउन लस एन्जलस सहित दक्षिणी क्यालिफोर्नियाका लागि गम्भीर आँधीबेहरीको चेतावनी जारी गरिएको छ। सञ्चारमाध्यमका अनुसार शक्तिशाली श्रेणी–४ आँधी प्रशान्त महासागर हुँदै मेक्सिको र अमेरिकातर्फ सरेको देखिएको छ ।

राष्ट्रिय चक्रवात केन्द्र (एनएचआर) ले शुक्रबार रिपोर्ट गरे अनुसार चक्रवात हिलारी बेलुका ८ बजेसम्म मेक्सिकोको बाजा क्यालिफोर्निया प्रायद्वीपबाट ३०० मिटर मात्र टाढा थियो। बाजा र दक्षिण–पश्चिम क्षेत्रमा यो चक्रवातका कारण धेरै क्षति हुने मौसमविद्ले अनुमान गरेका छन् । क्यालिफोर्निया-मेक्सिको सीमादेखि सान्टा मोनिका क्षेत्र (क्याटालिना आइल्याण्ड) सम्मको आँधीको अवस्था आगामी ३६ घण्टासम्म जारी रहनेछ।

एनएचआरले भनेको छ, ‘चक्रवात हिलारीले प्रतिघण्टा १३० माइलको गतिमा हावा चलेको छ । ३९ माइल प्रतिघण्टा भन्दा बढी गतिमा चल्नेलाइ हावा नाम दिइएको छ तर जब हावा ७४ माइल प्रतिघण्टाको गतिमा चल्न थाल्छन् तब त्यसले आँधीको रुप लिन्छ । अर्कोतर्फ, १११ माइल प्रतिघण्टाको गतिमा चल्ने हावालाई चक्रवात भनिन्छ।

आँधीका कारण लस एन्जलसमा आयोजना हुने सबै कार्यक्रमहरु सारिएको छ । चक्रवात हिलारीले बाजा, क्यालिफोर्नियामा ६ इन्चसम्म वर्षा हुने र आइतबार १० इन्च सम्म पुग्ने बताइएको छ। आँधीका कारण तीव्र हावा चल्ने बताइएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img