अमेरिकामा शुक्रवार आयोजित त्रिपक्षीय शिखर सम्मेलनमा राष्ट्रपति जो बाइडन, दक्षिण कोरिया र जापानका नेताहरूले भाग लिएका छन्। शिखर सम्मेलनका दौरान उनीहरूले आर्थिक र रक्षा सम्बन्धी मुद्दामा विस्तृत चर्चा गरेका छन्। चीन र उत्तर कोरियामा बढ्दो आक्रमणका बारेमा उनीहरूले चिन्ता व्यक्त गरेका छन्। तीन देशले संयुक्त विज्ञप्तिमा चीन र उत्तर कोरियाको आलोचना गरेका छन्। यसका साथै तीन देशले रक्षा सम्बन्धलाई थप मजबुत बनाउन सहमत भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार क्याम्प डेभिड प्रेसिडेन्सियल रिट्रीटमा ऐतिहासिक शिखर वार्ता पछि जापान र दक्षिण कोरियाका नेताहरूसँग उनीहरूको सुरक्षा र आर्थिक प्रतिबद्धताहरूलाई मजबुत बनाउन त्रिपक्षीय सम्झौताको घोषणा गरेका छन ।
बाइडेनले जापानी प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँग क्षेत्रीय सुरक्षा सहयोग सरोकारमा ध्यान केन्द्रित गर्न, विशेष गरी उत्तर कोरियाली युद्धको व्यवस्थापन र चीनको चुनौतीलाई प्रतिकार गर्न शिखर सम्मेलनको आयोजना गरेका थिए ।
“हामी यो ऐतिहासिक स्थानमा ऐतिहासिक क्षण बनाउन भेट्दै छौ , र मलाई विश्वास छ कि यो सत्य हुनेछ ,” राष्ट्रपतिले आफ्नो सम्बोधनमा भने। “यो नयाँ युग र जापान, कोरिया गणतन्त्र र संयुक्त राज्य अमेरिका बीचको साझेदारी हो, हाम्रो नयाँ ‘क्याम्प डेभिड ट्रिलाट’।”
त्रिपक्षीय शिखर सम्मेलन पश्चात तीन देशले ‘द स्पिरिट अफ क्याम्प डेभिड’ शीर्षकको संयुक्त विज्ञप्ति जारी गरेका थिए । संयुक्त विज्ञप्तिमा भनिएको छ , ‘हाम्रो लागि सबै जनता, क्षेत्र र विश्वको सुरक्षा र समृद्धि महत्वपूर्ण छ ।” संयुक्त विज्ञप्तिमा उनीहरुले आफ्नो अर्थतन्त्रलाई बलियो, लचिलो र समृद्ध बनाउन प्रयासरत रहने बताएका छन् । “स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय प्रणालीहरूलाई समर्थन गर्नेछ। हाम्रो लागि क्षेत्रीय र विश्वव्यापी शान्ति सर्वोपरि छ। लोकतन्त्र र मानवअधिकारको रक्षालाई सुदृढ गर्दै त्रिपक्षीय सुरक्षा सहयोगलाई नयाँ उचाइमा पु¥याउनेछौँ ,विज्ञप्तिमा भनिएको छ ।
संयुक्त विज्ञप्तिमा, तीन देशहरूले दक्षिण चीन सागरमा बढ्दो अवैध चिनियाँ गतिविधिहरूमा साझा चिन्ता व्यक्त गरेका छन् । यससँगै उनले भारतको बारेमा पनि कुरा गरेका छन् । नेताहरुले भारतमाथि चीनको एकपक्षीय कदमको कडा विरोध गर्ने बताएका छन ।
संयुक्त विज्ञप्तिमा तीन देशले आर्थिक साझेदारी र समावेशी अर्थतन्त्र निर्माण गर्न खोजेको जसमा महिला र सीमान्तकृत सबै सफल हुन सक्ने बताएका छन । “हामी हाम्रो देशका युवा र विद्यार्थीहरूसँग सम्बन्ध सुदृढ गर्नेछौं, नेताहरुले भनेका छन । “त्रिपक्षीय शिखर सम्मेलनले हाम्रो नयाँ सम्बन्धलाई झल्काउँछ। हाम्रो त्रिपक्षीय सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ। हाम्रा तीनवटै देशहरू हाम्रा समयका सबै ठूला चुनौतीहरूको सामना गर्न तयार छन्। हामी निडर छौं। हामी विश्वस्त छौं कि जापान, दक्षिण कोरिया र अमेरिका ठूलो चुनौतीको सामना गर्न सक्षम छन्, ” नेताहरुले विज्ञप्तिमा भनेका छन।
त्रिपक्षीय शिखर सम्मेलन पश्चात राष्ट्रपति बाइडेनले सामाजिक संजालमा लेखेका छन् – “जापान र कोरिया गणतन्त्र अमेरिकाका सक्षम र अपरिहार्य सहयोगी हुन्। अमेरिका र मेरो व्यक्तिगत प्रतिबद्धता दृढ़ छ। र आज, हामीले तीन देशका नेताहरू बीचको पहिलो स्ट्यान्डअलोन शिखर सम्मेलनका साथ इतिहास रच्यौं।”
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया