Wednesday, June 10, 2026
71.8 F
Washington DC.

अमेरिकाको एफए – १८ लडाकु जेटका पाइलटको स्यान डिएगो दुर्घटनामा मृत्यु भएको पुष्टि

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

शुक्रबार, संयुक्त राज्य मरीन कोरले आधिकारिक रूपमा एफए – १८ होर्नेट लडाकु जेट उडान गर्ने पाइलटको मृत्यु भएको पुष्टि गरेको छ । यो दुर्भाग्यपूर्ण घटना क्यालिफोर्नियाको सान डिएगो नजिक बिहीबार राति भएको हो । विमानमा सवार एकमात्र पाइलटको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।

स्यान डिएगोको मरीन कोर्प्स एयर स्टेशन मिरामारको बिज्ञप्ति अनुसार म्याकडोनेल डगलस एफए – १८ डि होर्नेट लडाकु जेट बिहीबार ढिलो स्टेशन नजिकै खसेको थियो। सौभाग्यवश, स्थानीय समुदायलाई थप क्षति हुन बाट जोगाएको तथा जमिनमा कुनै पनि सम्पत्तिमा क्षति नभएको बताएको छ ।

मरीन कोर्प्सले जारी गरेको प्रेस विज्ञप्तिमा यो कठिन समयमा पाइलटका परिवारप्रति समवेदना व्यक्त गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “गहिरो हृदयका साथ, हाम्रो समवेदना यस समयमा मरीनको परिवारमा जान्छ।”

थप अपडेटहरूको लागि, nepali. gnbnow.com मा जानुहोस्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img