spot_img
Tuesday, September 24, 2024
62.7 F
Washington DC.
spot_img

पूर्व कप्तान पारस खड्का वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा खड्काले प्रतिस्पर्धी उमेश पियालाई ९ मतले पराजित गरेका हुन् । पूर्व कप्तानले २३ मत प्राप्त गरे भने पियाले १४ मत प्राप्त गरे ।

वाग्मती प्रदेशका अधिकांश जिल्लाले क्रिकेट गभर्निङ बोडीको प्रदेश अध्यक्षमा खड्कालाई समर्थन गर्ने घोषणा गरेका थिए ।

वाग्मतीका ६ जिल्लामध्ये काठमाडौं, भक्तपुर, मकवानपुर र ललितपुरका चार जिल्ला संघका नवनिर्वाचित अध्यक्षहरुले संयुक्त पत्रकार सम्मेलन गरी खड्काको उम्मेदवारीलाई समर्थन गरेका छन् । तर नुवाकोट र चितवन च्याप्टरले खड्कालाई समर्थन गरेनन् ।

शुक्रबार सम्पन्न संघको दोस्रो महाधिवेशनले खड्काको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img