Friday, March 6, 2026
51.9 F
Washington DC.

ठूला शक्तिले गरे जासुसी नेटवर्क विस्तार, अमेरिका–चीनको नजर फौजी क्षमतामाथि

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

गत फेब्रुअरीमा अमेरिकी समुद्री तटमा एउटा चिनियाँ जासुसी बेलुन देखियो। त्यो बेलुन शंकास्पद रहेको निष्कर्ष निकाल्दै अमेरिकाले खसाल्यो। यसलाई लिएर अमेरिका–चीनबीच तनाव बढ्यो। पछि चीनले त्यो सेटेलाइटका लागि छाडिएको दाबी गर्यो।

अहिले उक्त बेलुनबारे नयाँ रहस्य आएको छ। अमेरिकी खुफिया एजेन्सीले उक्त बेलुनबारे चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पहिलेदेखि नै थाहा नभएको बताएको छ। यो विषयमा राष्ट्रपति सी उच्चले फौजी जनरलसँग असन्तुष्टि पोख्नुभएको थियो। किनकि अमेरिकाविरुद्ध चीन जोखिमपूर्ण जासुसीको पक्षमा नभएको एजेन्सीले जनाएको छ।

बेलुन काण्डले अमेरिकी विदेशसचिव एन्टोनी ब्लिंकनसँगको वार्ता प्रभावित हुने महसुस भएपछि सी उच्च अधिकारीप्रति क्रोधित बन्नुभएको थियो।

यो घटनाले अमेरिका र चीनबीचको गोप्य जासुसी लडाइँको विस्तारलाई प्रस्ट्याउँछ। बेलुन काण्ड अमेरिकाविरुद्ध चीनको आक्रामक जासुसी प्रयासको झलक हो। यसबाट चीनबारे महत्वपूर्ण जानकारी जुटाउन अमेरिकाको उच्च क्षमताको पनि खुलासा हुन्छ। अमेरिकी राष्ट्रपति जो बाइडेन अमेरिकाका लागि चीन लामो समयमा सर्वाधिक ठूलो चुनौती बन्न सक्ने संकेत गर्नुभएको छ। यसकारण बाइडेन प्रशासन आफ्ना सैनिक र प्रविधि क्षमतामा नियन्त्रण चाहन्छ।

त्यसैगरी चिनियाँ खुफिया एजेन्सीको दुस्साहस राष्ट्रपति सीको योजनाकै एउटा हिस्सा हो। सीले देशका सिमानामा आक्रमण रणनीति अपनाउनुभएको छ भने विदेशी गुप्तचर विभागलाई विश्वमै जतिसक्दो बढी सक्रिय हुन निर्देशन दिनुभएको छ।

अमेरिका–चीन दुवै पक्षका प्रयास दुई कठिन प्रश्नको जवाफ जान्नमा केन्द्रित छन्। एक, प्रतिद्वन्द्वी देशका नेताको इच्छा के हो ? दुई, उनीहरुसँग कस्तो सैनिक संगठन र प्राविधिक क्षमता छ ?

जासुसी अभियानबारे अधिकांश अमेरिकी अधिकारीहरु सिआइएको फोकस ताइवानको सम्बन्धमा चीनको इच्छामा रहेको बताउँछन्। त्यस्तै, एफबिआईले अमेरिकाभित्र जासुस भर्ती गर्ने चिनियाँ प्रयासको खोजीमा ध्यान दिएको छ।

अमेरिकी एजेन्टले पछिल्लो एक वर्षमा अमेरिकी भूमिमा फौजी अड्डामा चिनियाँ नागरिकको एक दर्जनभन्दा बढी घुसपैठ भएको पत्ता लगाएका छन्। दुवै देशले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजीको विकास तीव्र गतिमा गरेका छन्। यसले सेना–सुरक्षा, आर्थिक वृद्धि र खुफिया एजेन्सीलाई नयाँ मोड दिने उनीहरुको भनाइ छ।

चीनले अमेरिका र उसका सहयोगी देशको राष्ट्रिय सुरक्षा, कूटनीति र आधुनिक व्यावसायिक प्रविधिको हरेक कदममाथि निगरानी राख्ने गरेको अमेरिका अधिकारी बताउँछन्। सिआइए र पेन्टागनको इन्टेलिजेन्स एजेन्सीले चीनको जासुसमाथि ध्यान केन्द्रित गर्न नयाँ सेन्टर बनाएका छन्। त्यस्तै, इलेक्ट्रोनिक्स सन्देश पत्ता लगाउने क्षमता बढाएका छन्। चीनको समुद्री सीमानजिक जासुसी विमानको संख्या बढाएको छ। यसरी हेर्दा चीनसँगको अमेरिकी जासुसी टक्कर शीतयुद्धका बेला अमेरिका र सोभियत युनियनबीच भएको टक्करभन्दा व्यापक छ।

चीनको स्याटेलाइट र साइबर सिस्टम सर्वाधिक महत्वपूर्ण

अमेरिकी अधिकारी चीनको स्याटेलाइट निगरानी सिस्टम र साइबर हमला गुप्त सूचना जुटाउने महत्पूर्ण साधन रहेको बताउँछन्। स्पाई बेलुनमार्फत चीनले आकाशमाथिबाट जासुसी गर्ने नयाँ सिस्टम बनाएको छ। यता, अमेरिकी सरकारले सहयोग देशलाई आग्रह गर्दै चिनियाँ कम्युनिकेसन कम्पनीको टेक्नोलोजी प्रयोग गरेमा चीनको इलेक्ट्रोनिक जासुसी क्षमता बढ्ने बताउँदै आएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img