Friday, March 6, 2026
53.4 F
Washington DC.

टर्कीको मारमारा सागरमा युक्रेन र रसियाका दुई पानी जहाज ठोक्किए

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेन र रसियाबाट जाँदै गरेका दुई पानी जहाज टर्की नजिकैको मारमारा सागरमा शुक्रबार एक आपसमा ठोक्किएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। बालिकेसिर प्रान्तको मारमारा टापु नजिकै भएको उक्त दुर्घटनामा दुबै जहाजमा क्षति पुगेको छ ।

गहुँले भरिएको १३० मिटर लामो ड्राई कार्गो जहाज ‘हाजे हलिमेह’ युक्रेनी बन्दरगाह इज्मेलबाट स्पेनको भ्यालेन्सियातर्फ गइरहेको थियो। दुर्घटनामा संलग्न अर्को पानी जहाज १६९ मिटर लामो बल्क क्यारियर “एसोमाटोस” थियो, जसले रुसी बन्दरगाह काभकाजबाट इजरायलको अशदोदमा अन्न ढुवानी गरिरहेको थियो।

तटीय सुरक्षा महानिर्देशनालयले घटनाको पुष्टि गर्दै कुनै हताहत नभएको जानकारी दिएको छ। दुवै जहाजमा भएको क्षतिको विवरण अहिले मूल्यांकन भइरहेको छ।

मरीन ट्राफिक, एक अनलाइन जहाज ट्र्याकिङ प्लेटफर्मले जनाए अनुसार युक्रेनको हाजे हलिमेह कोमोरोसको झण्डा बोकी यात्रा गरिरहेका थिए, जबकि रुसको एसोमाटोस जहाजमा पनामाको झण्डा सहित यात्रा गरेको थियो।

घटनाको थप विवरण आउन बाँकी रहेकाले अनुसन्धान जारी छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img