spot_img
Monday, May 20, 2024
78.9 F
Washington DC.
spot_img

अमेरिका र कतारद्वारा इरानलाई ६ बिलियन डलरको कोष प्रयोग गर्नबाट रोक

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिका र कतार ६ अर्ब अमेरिकी डलरको कोषमा इरानको पहुँचमा प्रतिबन्ध लगाउन सहमत भएको छन। इजरायल–हमास युद्धका कारण अमेरिका र कतारले ६ अर्ब डलर इरानलाई हस्तान्तरण गर्न अस्वीकार गरेका हुन ।

गत महिना अमेरिका र इरानबीच सम्झौता भएको थियो । यसअन्तर्गत इरानले आफ्नो जेलमा रहेका ५ अमेरिकी नागरिकलाई रिहा गरेको थियो । इरानी जेलबाट निस्किएपछि पाँचजना अमेरिकी बन्दी कतार पुगेका थिए, जहाँ अमेरिकी कूटनीतिज्ञहरूले उनीहरूलाई स्वागत गरेका थिए। त्यसको बदलामा अमेरिकाले इरानको विदेशमा जफत गरेको ६ अर्ब डलरको सम्पत्ति कतार पठाएको थियो । त्यसपछि यो रकम इरानलाई दिनु पर्ने थियो ।

तर, अब इजरायल–हमास युद्धको बीचमा अमेरिकाका उप अर्थ सचिव वाली एडिओमले अब इरानले ६ अर्ब डलरको यो पहुँच नपाउने बताएका छन् । यद्यपि अमेरिकाले यो कोषलाई पूर्ण रूपमा फ्रिज गरेको छैन। यसलाई केही समयका लागि प्रयोग गर्नका लागि इरानले पेश गरेका सबै निबेदन अस्वीकार गरिने बताइएको छ ।

इजरायलमा हमासको आक्रमणमा इरानको भूमिका रहेको कुनै ठोस प्रमाण बाहिर आएको छैन। तर, आक्रमणको योजना बनाउन इरानबाट प्राप्त रकमले हमासलाई सहयोग गर्न सक्ने भन्दै ४९ बिलियन रोक्का गर्ने सहमति भएको संचार माध्यमले जनाएका छन ।

गत बिहिवार अमेरिकी विदेशमन्त्रीले तेल अवीवमा भनेका थिए कि इरानले अहिलेसम्म यो कोष प्रयोग गर्न सकेको छैन। यसैबीच इरानका विदेशमन्त्रीले इजरायलले गाजामा आक्रमण बन्द नगरे अन्य मोर्चामा पनि युद्ध सुरु हुने बताएका छन् ।

कहाँबाट आयो ४९ बिलियन डलर ?
अमेरिकी प्रतिबन्धका कारण इरानको बिदेशमा रहेको ठूलो रकम विश्वको विभिन्न भागमा अड्किएको छ ।अमेरिकाले गत महिना जारी गरेको ४९ बिलियन त्यसैको एउटा हिस्सा हो । इजरायल, अमेरिका र पश्चिमी देशहरू इरान परमाणु शक्ति बनोस् भन्ने चाहँदैनन्।

इरानले परमाणु हतियार बनाउन खोजेको आरोप लगाइएको छ। त्यसलाई रोक्न अमेरिकाले यसमाथि धेरै आर्थिक प्रतिबन्ध लगाएको छ । जसका कारण विश्वका धेरै ठाउँमा उनको सम्पत्ति रोक्का गरिएको छ ।

इरानसँग भएको सहमति अनुसार ४९ बिलियन डलर कतारको राजधानी दोहाको केन्द्रीय बैंकमा हस्तान्तरण गरिएको थियो। कतारले फेब्रुअरीमा इरान र अमेरिकाबीचको सम्झौतालाई मध्यस्थता गर्न पहल गरेको थियो। सम्झौताअघि दुई देशबीच करिब ९ चरणको वार्ता भएको थियो ।

यसपछि करिब २ महिनाअघि यो सम्झौताको घोषणा गरिएको थियो । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार सम्झौता अन्तर्गत इरानले अमेरिकीहरूलाई आफ्नो कुख्यात इभिन जेलबाट निकालेर होटलमा सारेको थियो।

आणविक सम्झौताको खारेजीले इरानमाथि अमेरिकी प्रतिबन्ध:
सन् २०१५ मा इरानले चीन, फ्रान्स, रुस, बेलायत, जर्मनी र अमेरिकासँग परमाणु सम्झौता गरेको थियो । पश्चिमी देशहरूलाई इरानले आणविक हतियार बनाउन सक्छ वा परमाणु हतियार नभएको देश बन्न सक्छ, तर त्यसलाई बनाउन सक्ने र जुनसुकै बेला प्रयोग गर्न सक्ने देश बन्ने डरले गर्दा यो सम्झौता भएको थियो ।

इरानसँगको आणविक सम्झौताको माध्यमबाट उसको आणविक क्षमता बढाउने अनुसन्धान कार्यक्रमलाई निकै नियन्त्रण गरिएको थियो। आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगमा जोड दिने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी मार्फत इरानलाई अन्तर्राष्ट्रिय निगरानीमा ल्याइएको थियो। यसको बदलामा इरानको आणविक कार्यक्रमका कारण लगाइएको आर्थिक प्रतिबन्ध हटाइयो।

तर, मे ८, २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरान परमाणु सम्झौताबाट बाहिर निकालेका थिए। अमेरिकाले सन् २०१९ देखि इरानमाथि फेरि प्रतिबन्ध लगाउन थालेको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img