Friday, April 11, 2025
46.4 F
Washington DC.

इजरायलबाट १८ नेपाली स्वदेश फर्किए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

तेल अभिभस्थित नेपाली दूतावासले आज मंगलवार १८ जना नेपाली नागरिक इजरायलबाट आफ्नो मातृभूमि प्रस्थान गरेको एक विज्ञप्तिमार्फत जनाएको छ । चारजना विद्यार्थी, तेह्र जना कामदार र एक पर्यटक रहेको समूहले स्थानीय समय अनुसार दिउँसो २ः५५ बजे बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पाइसजेट एयरलाइन्सको उडान नम्बर एसजी ९९९६ मा चढेका थिए ।

नयाँ दिल्लीस्थित भारतीय दूतावाससँग समन्वय गरी उनीहरुलाई भारतको राजधानी सहर हुँदै ट्रान्जिटको व्यवस्था गरेएको दूतावासले  जनाएको छ  । नयाँदिल्ली पुगेपछि त्यहाँको नेपाली दूतावासको सहयोगमा  नेपालसम्म पुऱ्याउने गरी व्यवस्था गरिएको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ। 

दूतावासले आवश्यकता अनुसार अन्य नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिरहेको र यसका साथै आवश्यक कानूनी प्रक्रिया पूरा गरी पहिचान भएका मृतक व्यक्तिलाई दुई–तीन दिनभित्र नेपाल फर्काउने व्यवस्था मिलाइएको बताएको छ । अन्य शवको पहिचानको प्रयास जारी रहेको समेत उल्लेख गरेको छ ।दूतावासले सम्पर्कविहीन नेपाली नागरिक विपिन जोशीको खोजी तीव्र पारेको पनि जनाएको छ । यसका लागि उपलब्ध सबै स्रोत साधनको उपयोग भइरहेको दूतावासको बिज्ञप्तिमा उल्लेख छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img