spot_img
Sunday, September 22, 2024
73.5 F
Washington DC.
spot_img

इजरायली सेना जमिन आक्रमणको तयारीमा, बम विष्फोटमा मृत्यु हुनेको संख्या ५७०० पुग्यो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

गाजामा इजरायलको लगातार बमबारीको बीचमा, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले एक विज्ञप्तिमा भनेको कि यो गाजामा हमासको किल्लाहरू ध्वस्त पार्न जमीनी आक्रमणको लागि पूर्ण रूपमा तयार छ।

मिडिया एजेन्सीका अनुसार इजरायली सेनाका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल हारजी हेलेवीले मिडियासँग कुरा गर्दै आक्रमणका लागि आफू तयार रहेको बताएका छन ।
“म स्पष्ट गर्न चाहन्छु, हामी आक्रमणको लागि तयार छौं र आइडिएफले हाल देशको राजनीतिक नेतृत्वको समन्वयमा गाजामा सम्भावित भू-आक्रमणको लागि सही समयको मूल्याङ्कन गरिरहेको छ,” लेफ्टिनेन्ट जनरल हर्जी हेलेवीले भनेका छन ।

स्थानीय सञ्चारमाध्यमहरूले जनाए अनुसार, इजरायली वायुसेनाले हमासका लक्ष्यहरूमा बमबारी जारी राखेको छ र बम विष्फोटबाट मृत्यु हुनेको संख्या लगभग ५,७०० पुगेको छ। यसबाहेक गाजाबाट लाखौं मानिस पलायन भएका छन्। अर्कोतर्फ, २२२ इजरायली बन्धकहरू अझै हमासको हिरासतमा छन्।

अक्टोबर ७ मा हमासले इजरायलको सुरक्षा र खुफिया प्रणालीको आखां छल्दै अचानक रकेट आक्रमण गर्दै आक्रमण पछि सीमा नाघेर इजरायलमा प्रवेश गरेको थियो।यस आक्रमणमा सयौं इजरायली मारिए र धेरै मानिसहरूलाई हमासले बन्धक बनाइएको छ।

उता, गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार केही घण्टाभित्र अस्पतालले कसैले पनि चिकित्सा सेवा उपलब्ध गराउन नसक्ने अवस्थामा पुगेको छ।
“हामी पूर्ण पतनको अवस्थामा पुगेका छौं,” स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भनेका छन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img