Friday, March 6, 2026
54.4 F
Washington DC.

इण्डियन आइडलको उत्कृष्ट १५ मा नेपाली गायिका मेनुका पौडेल छनोट

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गरिएको थियो ।

मेनुका झापाको हल्दिबारीमा जन्मिएकी हुन। उनले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । साथै मेनुकाले भारतको साङ्गेतिक अर्को शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

इण्डियन आइडल सिजन १४ को अडिसन राउण्डमा मेनुकाले ‘तुम्हारे बिना हमारे कोनो नही’को बोलको सुरिलो भजन गाउँदै जजहरुलाई मन्त्रमुग्न पारेकी थिइन् । उनले अडिसन राउण्डको प्रस्तुतिमा गोल्डेन माइक समेत जित्न सफल भएकी थिइन् ।

मेनुकाले इण्डियन आइडलको पछिल्लो शृंखलामा प्रस्तुत गरेको सुरिलो प्रस्तुतिमा उनको गायकीलाई जजले स्ट्यान्डिङ ओभेसन दिएका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img