Wednesday, April 2, 2025
43.5 F
Washington DC.

इण्डियन आइडलको उत्कृष्ट १५ मा नेपाली गायिका मेनुका पौडेल छनोट

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गरिएको थियो ।

मेनुका झापाको हल्दिबारीमा जन्मिएकी हुन। उनले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । साथै मेनुकाले भारतको साङ्गेतिक अर्को शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

इण्डियन आइडल सिजन १४ को अडिसन राउण्डमा मेनुकाले ‘तुम्हारे बिना हमारे कोनो नही’को बोलको सुरिलो भजन गाउँदै जजहरुलाई मन्त्रमुग्न पारेकी थिइन् । उनले अडिसन राउण्डको प्रस्तुतिमा गोल्डेन माइक समेत जित्न सफल भएकी थिइन् ।

मेनुकाले इण्डियन आइडलको पछिल्लो शृंखलामा प्रस्तुत गरेको सुरिलो प्रस्तुतिमा उनको गायकीलाई जजले स्ट्यान्डिङ ओभेसन दिएका थिए ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सविन महर्जनको पोस्टमार्टम रिपोर्टको निष्कर्षः गोली दायाँ हातबाट पछाडि निस्किएको पुष्टि

काठमान्डौको तीनकुनेमा चैत १५ गते प्रहरीको गोली लागी मृत्यु भएका सविन महर्जनको शव परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा...

अन्य समाचार

- Advertisement -spot_img