spot_img
Sunday, May 12, 2024
64.3 F
Washington DC.
spot_img

अमेरिका: सामूहिक गोलीबारीमा १८ को मृत्यु, १३ घाइते, खोजी जारी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

लुईस्टन, मेन – अमेरिकाको मेन राज्यको लुईस्टन शहरमा बुधवार राति एक डरलाग्दो सामूहिक गोलीबारीमा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने १३ अन्य घाइते भएका छन्। ४० वर्षीय बन्दुक प्रशिक्षक समेत रहेका रोबर्ट कार्ड नामक व्यक्तिलाई ‘सक्रिय शूटर’ को रूपमा पहिचान गरिएको र उक्त व्यक्ति हाल फरार रहेको लुईस्टन प्रहरीले जनाएको छ।

लुईस्टनमा तीनवटा छुट्टाछुट्टै स्थानमा गोलीबारी भएको बताइएको छ । लुईस्टनस्थित स्पेयरटाइम मनोरञ्जन बलिङ गल्लीबाट पहिलो सुटिङ्गको आवाज आएको र केही मिनेट पछि, स्कीमेन्जिस बार र ग्रिलमा अर्को गोलीबारीको रिपोर्ट गरिएको थियो । स्थानीय प्रहरी रिपोर्ट अनुसार तेस्रो स्थानलाई पनि निशाना बनाइएको थियो।

मेन स्टेट पुलिसले संदिग्ध बन्दुकधारीको तस्बिरहरू जारी गरेको छ र स्थानीय बासिन्दाहरू र व्यवसायहरूलाई उनीहरूको बस्ने ठाउँहरु को ढोका बन्द गर्न सल्लाह दिएको छ। प्रहरीले बासिन्दाहरूलाई संदिग्ध कार्ड ‘सशस्त्र र खतरनाक’ भएकोले नजिक नजान चेतावनी दिएका छन्।

राज्यभरि कार्यरत सयौं प्रहरी अधिकारीहरू संदिग्ध कार्डको खोजीमा छन् । प्रहरीले संदिग्धको दुईवटा तस्बिर र प्रयोग गरेको कारको तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि सहयोगको आग्रह गरेको छ।

फोटो: लेविस्टन मेन पुलिस विभाग

मेन गभर्नर जेनेट मिल्सले लुईस्टनमा सक्रिय शूटर अवस्थाको प्रतिक्रियामा एक विज्ञप्ति जारी गरेकी छन् : उनले लेखेकी छन् “मलाई लेविस्टनमा सक्रिय शूटर अवस्थाको बारेमा जानकारी छ र मलाई जानकारी दिइएको छ। म यस क्षेत्रका सबै जनतालाई राज्य र स्थानीय सुरक्षा अधिकारीहरुको निर्देशन पालना गर्न आग्रह गर्दछु। म स्थिति अनुगमन गर्न जारी राख्नेछु र सार्वजनिक सुरक्षा अधिकारीहरूसँग नजिकको सम्पर्कमा रहनेछु। ”

यो विकासशील घाटना हो। कृपया अपडेटहरूको लागि फेरि जिएनबी हेर्दै गर्नु होला ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img