spot_img
Sunday, September 22, 2024
70.7 F
Washington DC.
spot_img

इरान बम विस्फोट: सुलेमानीको वार्षिकोत्सवमा बम विस्फोटबाट मृत्यु हुनेको संख्या ७३

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

दिवंगत इरानी जनरल कासिम सुलेमानीको गृहनगर केरमानमा दुईवटा विनाशकारी विस्फोटनपछि मृत्यु हुनेको संख्या ७३ पुगेको छ भने १७० भन्दा बढी घाइते भएका छन् । राज्य मिडिया तस्निम समाचार एजेन्सीका अनुसार सुलेमानीको मृत्युको चौथो वर्षगाँठमा विस्फोटहरू भएको हो।

तस्निमका अनुसार पहिलो विस्फोट स्थानीय समय अनुसार १५:०४ मा भएको थियो जब सर्वसाधारण सुलेमानीको चौथो वार्षिकोत्सवका लागि चिहान रहेको स्थानमा जाने सडकमा खचाखच जम्मा भएका थिए । दोस्रो विस्फोट १३ मिनेटपछि भएको थियो, जसले व्यापक क्षति र बासिन्दाहरूमा त्रास फैलाएको थियो। आकस्मिक सेवाहरूकाई तुरुन्तै सक्रिय गरिएको थियो। अस्पतालहरूमा घाइतेहरुलाइ धमाधम ल्याइदै गरेको तस्निमले जनाएको छ।

को थिए जनरल सुलेमानी ?

कासिम सुलेमानी एक इरानी मेजर जनरल र कुड्स फोर्सका कमाण्डर थिए। विदेशी अपरेसन शाखा, कुड्स फोर्सको कमाण्डरको रूपमा उनी सम्पूर्ण क्षेत्रमा इरानी नीतिको शिल्पकार थिए। उनी कुड्स फोर्सको गोप्य मिसनहरूको जिम्मेवार थिए र सहयोगी सरकारहरू र हमास र हिजबुल्लाह लगायत सशस्त्र समूहहरूलाई मार्गदर्शन, कोष, हतियार, खुफिया र रसद सहयोग प्रदान गर्दै थिए। तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमानीको हत्याको आदेश दिएका थिए । उनी जनवरी ३, २०२० मा इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी ड्रोन हमलामा मारिएका थिए। उनी सर्वोच्च नेता अली खामेनीको अधीनस्थ इरानमा दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्थे । उनको मृत्यु पश्चात यस क्षेत्रमा इरान र अमेरिका बीचको तनावलाई बढाउदै आएको छ।

गत वर्ष, उनको मृत्युको तेस्रो वार्षिकोत्सवमा, इरानका राष्ट्रपतिले बदला लिने वाचा गर्दै भनेका थिए -“अमेरिकाले हत्याको लागि “ठूलो मूल्य” तिर्नेछ” ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img