Thursday, April 23, 2026
83.6 F
Washington DC.

जापानको भूकम्पबाट मृत्यु हुनेको संख्या ८० भन्दा माथि, १ सय ८० जना बेपत्ता

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नयाँ वर्षको दिन शक्तिशाली भूकम्प गएपछि मध्य जापानमा खोज र उद्धार कार्य जारी छ, मृत्यु हुनेको संख्या ८० भन्दा माथि पुगेको छ र इशिकावा प्रान्तमा बिहीबारसम्म १ सय ८० जना बेपत्ता छन्।

टोकियोमा, जापानी प्रधानमन्त्री फुमियो किशिदाले ७. ६  म्याग्निच्युडको भूकम्प पछिको पहिलो ७२ घण्टामा सकेसम्म धेरै जीवन बचाउन “सबैभन्दा धेरै प्रयास” गर्न आह्वान गरेका छन्।  त्यसपछि पीडित बाँच्ने दर तीव्र रूपमा घट्न सक्ने भनिएको छ।

क्योदो समाचार एजेन्सीका अनुसार,  केन्द्र सरकारले रिजर्भ कोषबाट करिब ४ अर्ब येन (२८ मिलियन डलर) विनियोजन गर्ने योजना बनाएको छ भने उद्धार कार्य र अन्य प्रयासमा संलग्न सेल्फ-डिफेन्स फोर्सका सदस्यहरूको संख्या दोब्बर गरी ४,६०० पुर्‍याउने योजना छ।

इशिकावा प्रान्तमा क्षतिग्रस्त सडक र सञ्चारमा अवरोधका कारण क्षतिको पूर्ण विवरण अझै स्पष्ट नभएको कान्दोले जनाएको छ  ।

ठूलो बजारमा आगलागी र जलेर नष्ट भएको वाजिमामा धेरै मानिस अझै पनि भग्नावशेषमुनि फसेको विश्वास गरिएको छ । प्रकोप प्रभावित क्षेत्रतर्फ जाने बाटो काटिएकाले वाजिमा र नजिकैको सुजु जस्ता क्षेत्रमा करिब ७८० जना अलपत्र परको सञ्चार माध्यमले जनाएका छन्  ।

बुधबारको वर्षाले भूकम्प प्रभावित क्षेत्रमा पहिरो जान सक्ने चिन्ता पनि बढेको छ, समाचारमा जनाइएको छ  ।

क्योदो समाचार एजेन्सीका अनुसार इशिकावा प्रिफेक्चरमा बिहीबारसम्म ३०,००० भन्दा बढी मानिस विस्थापित केन्द्रहरूमा आश्रय लिएका छन्। केन्द्र सरकारका अनुसार कम्तिमा २०० भवनहरू भत्किएका वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

जापानको मौसम विज्ञान एजेन्सीले नोटो प्रायद्वीपमा गएको सोमबारको भूकम्प वाजिमाबाट ३० किलोमिटर पूर्व-उत्तरपूर्वमा केन्द्रित भएको जनाएको छ।जापानको सहर शिकामा भूकम्पको तीव्रताको मापनमा ७ म्याग्निच्युडको भएकोले ठूलो सुनामीको चेतावनी जारी गरिएको थियो। यो सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको ९ म्याग्निच्युडको भूकम्प पछिको पहिलो हो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img