spot_img
Saturday, September 21, 2024
81.4 F
Washington DC.
spot_img

नेपाल र भारतबीच चार नयाँ सम्झौतामा हस्ताक्षर

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक चारवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका क्षेत्रको समीक्षा भएको बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी थिए ।

पहिलो सम्झौता दुई राष्ट्रबीच सञ्चार सञ्जाल विस्तार, व्यापार, जलस्रोत र ऊर्जा व्यापारमा केन्द्रित छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले पुष्टी गरेअनुसार सरकारी संस्था वा अन्य निकायमार्फत उच्च प्रभावका सामुदायिक विकास आयोजनाहरू कार्यान्वयन गर्न भारतीय अनुदान सहायतासम्बन्धी दोस्रो सम्झौतामा हस्ताक्षर भएको थियो।

आगामी दशकमा १०,००० मेगावाट विद्युत् निर्यात गर्ने मार्ग प्रशस्त गर्दै दीर्घकालीन ऊर्जा व्यापार सम्झौता पनि भएको छ । योसँगै नेपाल विद्युत प्राधिकरण र भारत सरकारको नेशनल थर्मल पावर कर्पोरेशनबीच नवीकरणीय ऊर्जाको विकासका लागि सहकार्य गर्ने विषयमा भएको समझदारीपत्रमा हस्ताक्षर भएको हो।

अन्तरिक्ष अनुसन्धानलाई बढावा दिन नेपाल विज्ञान तथा प्रविधि संस्थान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन र अन्तरिक्ष विभागको प्रतिनिधित्व गर्ने न्यू स्पेस इन्डिया (एनएसआईएल) बीच सम्झौता भएको छ । यो सम्झौताले ध्रुवीय स्याटेलाइट प्रक्षेपण वाहनमा मुनल स्याटेलाइट प्रक्षेपण सेवालाई सहज बनाउनेछ।

आज दुई देशबीच रक्सौल परवानीपुर, कुशाहा कटैया र नयाँ नौतनवा मैनाहिया १३२ केभी क्षमताको अन्तर्राष्ट्रिय प्रसारण लाइनको पनि उद्घाटन गरिएको छ । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

(राससबाट प्राप्त जानकारी सहित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img