Tuesday, May 20, 2025
55.3 F
Washington DC.

इन्डोनेसियामा दुई रेल ठोक्किँदा चार जनाको मृत्यु, ४२ जना घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

शुक्रबार बिहान इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा बान्डुङ्ग नजिकै एउटा दुखद रेल दुर्घटना भएको छ, जसमा चार जनाको मृत्यु भएको छ र ४२ जना घाइते भएका छन्। तुरङ्गा ट्रेन र बांडुङ्ग राया कम्युटरलाइन ट्रेन सिकालेङ्का-हाउरपुगुह लेन खण्डमा ठोक्किएको अन्तरा मिडियाले जनाएको छ ।

स्थानीय मिडिया अन्तराले रिपोर्ट गरे अनुसार चार जना पीडितहरू रेल चालक दलका सदस्यहरू थिए। विनाशकारी घटनाको बावजुद दुईवटा रेलमा सवार जम्मा ४७८ यात्रुहरू दुर्घटनाबाट बाँचेका छन् । स्थानीय समय अनुसार बिहान ६ः०३ बजे बाँडुङ जिल्लाको सिकालेङ्का स्टेशन नजिकै रेलवेमा ति दुई रेल ठोक्किएका थिए ।

घाइतेहरूलाई तुरुन्तै लगिएको सिकालेङ्का जनरल अस्पतालका निर्देशक अक्माद हानापीले पत्रकारहरूलाई जानकारी दिएका छन् जसमा २१ जना सामान्य घाइते छन् र छ जनालाई सामान्य चोट लागेको छ।

इन्डोनेसियाको यातायात सुरक्षा समितिले इन्डोनेसियाको सरकारी स्वामित्वको रेलवे कम्पनी, पिटी काइ सँग संयुक्त अनुसन्धान गर्ने भएको छ। जानकारी र तथ्यांक संकलन गर्न र अनुसन्धानलाई टुंग्याउन दुईदेखि तीन महिना लाग्न सक्ने बताइएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img