spot_img
Thursday, September 19, 2024
79.3 F
Washington DC.
spot_img

३७ वर्षीया पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा नियुक्त

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

३७ वर्षीया पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन्। पूर्वप्रधानमन्त्री तथा अर्बपति थाक्सिन सिनावात्राकी छोरी पेतोङत्रान थाइल्याण्डको इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति बन्न पुगेकी छन्।

प्रधानमन्त्री स्रेथा थबिसिनलाई ३० साउनमा संवैधानिक अदालतले बर्खास्त गरेपछि सत्तारुढ फेउ थाइ पार्टीले पेतोङत्रानलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेको थियो ।

पेतोङत्रान सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने तेस्रो व्यक्ति हुन्। उनका बुवा थाक्सिन र फुपु यिंगलक सिनावात्रा पनि यसअघि थाइल्याण्डको प्रधानमन्त्री भइसकेका थिए। २००१ मा पहिलो पटक प्रधानमन्त्री बनेका थाक्सिनले थाइल्याण्डको राजनीति हल्लाएका थिए। तर, सन् २००६ मा सेनाले शासन सत्ता हातमा लिएपछि उनले केही वर्ष निर्वासनमा बिताए। थाक्सिन गत वर्षमात्रै थाइल्याण्ड फर्किएका थिए, त्यसैबेला फेउ थाइले सरकार गठन गरेको थियो।

गत वर्षको निर्वाचनमा मुभ फरवार्ड पार्टीले सबैभन्दा धेरै मत पाएको भए पनि सेनाद्वारा नियुक्त सिनेटले उक्त दललाई सरकार गठन गर्न रोक लगाएको थियो। त्यसपछि दोस्रो ठूलो दल फेउ थाइले अरु दलहरूसँग मिलेर स्रेथा थबिसिनलाई प्रधानमन्त्री बनाएको थियो। तर, एक मन्त्रीको नियुक्तिलाई लिएर संवैधानिक अदालतले थबिसिनलाई बर्खास्त गर्‍यो, जसले सेनाको समर्थनमा रहेको प्रतिष्ठान र थाक्सिनको समर्थनमा रहेको दलबीचको लामो समयदेखि चलेको द्वन्द्वको नयाँ अध्यायको शुरुआत गर्‍यो।

थबिसिनको बर्खास्तीपछि सत्ता गठबन्धनका दलहरूको बैठक बसेको थियो। तर, १० दलमध्ये कुनै पनि दलले प्रधानमन्त्री पदको दाबी नगरेपछि फेउ थाइले थाक्सिनकी छोरी पेतोङत्रानलाई नयाँ प्रधानमन्त्रीको रूपमा अघि सारेको हो।

राजनीतिमा प्रवेश गर्नु अघि तीन वर्षसम्म पेतोङत्रानले आफ्नो परिवारको होटल व्यवसायको जिम्मेवारी सम्हालिरहेकी थिइन्। उनले कहिल्यै निर्वाचित पद सम्हालेकी छैनन्। तर, गत वर्षको चुनावी अभियानमा निरन्तर सहभागी भएपछि उनी प्रधानमन्त्रीको प्रमुख दावेदारका रूपमा देखिएकी थिइन्। तर, चुनावको दुई साता अघि आमा बनेपछि उनको अभियान केही समयका लागि रोकिएको थियो।

पेतोङत्रानको प्रधानमन्त्री नियुक्ति थाइल्याण्डको राजनीतिक परिदृश्यमा नयाँ अध्याय हो, जसले सिनावात्रा परिवारको प्रभावलाई निरन्तरता दिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img