Tuesday, February 18, 2025
34 F
Washington DC.
spot_img

ब्रेकिङ न्यूज: ह्वाइट हाउसले संघीय अनुदान रोक्ने आदेश फिर्ता लियो, तर स्थिति अझै अस्पष्ट

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

वाशिङ्टन डी.सी. – जनवरी २९, २०२५ – व्यापक विरोधपछि ह्वाइट हाउस बजेट कार्यालय (OMB) ले संघीय अनुदान रोक्ने अघिल्लो आदेश फिर्ता लिएको छ। ह्वाइट हाउसले बुधबार एक संक्षिप्त सूचनामार्फत एजेन्सीहरू र विभागहरूलाई जानकारी दिँदै OMB ले उक्त ज्ञापन फिर्ता लिएको पुष्टि गरेको छ। तर, ट्रम्प प्रशासनका विविधता, समानता, समावेशिता र जलवायु परिवर्तनजस्ता क्षेत्रमा संघीय खर्चलाई लक्षित गर्ने कार्यकारी आदेशहरू यथावत् रहेको जनाएको छ।

राज्य अधिकारीहरू, सार्वजनिक एजेन्सीहरू, र अधिवक्ता समूहहरूबाट व्यापक आलोचना भएपछि प्रशासनले यो निर्णय उल्टाएको हो। बुधबार प्रकाशित नयाँ ज्ञापनमा, OMB का कार्यवाहक निर्देशक म्याथ्यु जे. भेथले OMB ज्ञापन M-25-13 फिर्ता लिइएको संचारमाध्यमहरूले पुष्टि गरेका छन्। यो आदेश दुई दिनअघि जारी गरिएको थियो, जसले संघीय वित्तीय सहायता अस्थायी रूपमा रोक्न निर्देशन दिएको थियो। उक्त निर्णयले शिक्षा, आवास, र मेडिकेड जस्ता महत्वपूर्ण सरकारी कार्यक्रमहरू प्रभावित हुन सक्ने चिन्ता उत्पन्न गरेको थियो।

न्यायालय र राजनीतिक दबाबपछि आदेश फिर्ता

यो नीति परिवर्तन वाशिङ्टन डी.सी. का संघीय न्यायाधीशले अनुदान रोक्ने आदेशलाई फेब्रुअरी ३ सम्म स्थगित गरेपछि आएको हो। डेमोक्रेसी फरवार्ड नामक वामपन्थी समूहले यस आदेशविरुद्ध मुद्दा दायर गर्दै यसलाई गैरकानूनी भन्दै जनताको लागि हानिकारक भएको दाबी गरेको थियो। साथै, २४ भन्दा बढी राज्यका महान्यायाधिवक्ताहरूले मंगलबार छुट्टै मुद्दा दायर गर्दै संघीय अनुदान रोकिँदा उनीहरूको नागरिकहरू प्रभावित भएको तर्क गरेका थिए। केही राज्यहरूले मेडिकेड कोष पहुँच गर्न कठिनाइ भइरहेको बताएका थिए, जबकि सार्वजनिक आवास निकायहरू आफ्नो कोष पोर्टलमा लगइन गर्न नसकेको विवरण सार्वजनिक भएको थियो।

ह्वाइट हाउस: ‘व्यक्तिगत सहायता प्रभावित हुँदैन’

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले मंगलबार व्यक्तिगत सहायता कार्यक्रमहरू प्रभावित नहुने दाबी गरेकी थिइन्। तर, आलोचकहरूका अनुसार आदेशको अस्पष्ट भाषा र तिव्र कार्यान्वयनले संघीय कोषमा निर्भर स्थानीय तथा राज्य एजेन्सीहरूमा अन्योलको अवस्था सिर्जना गर्यो।

ह्वाइट हाउसको तत्काल कुनै प्रतिक्रिया छैन

यो समाचार लेख्दैगर्दा सम्म ह्वाइट हाउसले औपचारिक प्रतिक्रिया दिएको छैन। तर, आदेश फिर्ता लिनु प्रशासनले विधिक र राजनीतिक चुनौतीहरू सामना गर्नुपरेपछि आएको निर्णय भएको प्रष्ट देखिन्छ। यो निर्णय ट्रम्प प्रशासनको पछिल्लो नीतिगत ब्याकट्र्याक भएको छ। संघीय अनुदान रोक्ने आदेशलाई प्रशासनले बजेट नियन्त्रणको उपाय भन्दै अघि सारेको थियो। तर, कानूनी मुद्दाहरू र सरकारी कार्यक्षमता प्रभावित भएको बढ्दो आलोचना पछि ह्वाइट हाउसले निर्णय फिर्ता लिनु परेको देखिन्छ।

यो घटनाक्रम अझै विकसित भइरहेको छ। थप अपडेटका लागि समाचार हेर्दै गर्नुहोला।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -spot_img

ताजा समाचार

टोरन्टोमा डेल्टा जहाज रनवेबाट चिप्लिएर पल्टियो, कम्तीमा ८ जना घाइते

टोरन्टो, क्यानडा – मिनियापोलिसबाट टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आएको डेल्टा एयरलाइन्सको एउटा विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर उल्टो पल्टिएको...

अन्य समाचार

- Advertisement -spot_img