एक नाबालिग चर्चित गायिकाले नेपाली सिनेमाका अर्का लोकप्रिय नायक पल शाह विरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । बुधवार जबर्जस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी हुन् ।
गायिका उमेरले १७ वर्षकी छिन् । नाबालिगमाथि जवरजस्ती करणी गरेको आरोपमा उनका बुबाले जाहेरीमा हस्ताक्षर गरेका छन् ।
जाहेरीमा गायिकाले आफूलाई पल शाहले ‘प्रेमको जालमा पारी सुटिङका क्रममा ललाइ–फकाइ गर्दै सम्बन्ध राखेको उल्लेख गरेकी छन्।
पल-नाबालिग चर्चित गायिका बिचको सम्बन्धका बारेमा लामो समयदेखि चर्चा भइरहेको थियो। ‘सुर्ती माडदै’ नामक गीतको सुटिङ्ग देखि दुवै आपसमा नजिएका भन्ने चर्चा गरिन्छ। खेम सेन्चुरी संग मिलेर गाएको यो गीतको भिडिओमा गायिकाले पलको जोडीका रूपमा अभिनय गरेकी छन् । चितवनमा भएको सुटिङका क्रममा नै उनीहरू नजिएका भन्ने चर्चा गरिन्छ।
महिला अधिकारकर्मी जस्मिन ओझासँगको अडियो रेकर्ड सार्वजनिक भए पश्चात पल-गायिका प्रकरणले नया मोड लिएको थियो। जस्मिन ओझासँगको अडियो रेकर्डमा पल शाहले आफूमाथि जबर्जस्ती करणीको प्रयास गरेको, मायाको नाटक गरेर धोका दिएको, परिवारको अगाडि विवाहको वाचा गरेर पन्छिन खोजेको बताएकी थिइन् ।
तर, त्यसको केहि दिन पछि नै एउटा युटुव च्यानलसंगको अन्तरबार्तामा उनले बयान फेर्दै आफुहरु नजिकका साथी भएको, आफु पल शाहको ठुलो फ्यान भएको भन्दै मिडियामा आएका सबै समाचारमा सत्यता नभएको बताएकी थिइन् ।
पल-गायिका प्रकरणको अडियो सार्वजनिक भए पछि मिडियाहरुले धमाधम समाचार बनाउन थाले पश्चात नायक पल शाहले आफ्नो फेसबुक पेज मार्फत एक अपिल निकाल्दै भनेका छन् – “फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जिवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केहि पुरुष सहकर्मी (व्यवसायीक प्रतिस्पर्धि) ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ । मेरा सम्पुर्ण दर्शक महानुभावहरुको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धि साथिहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ति सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धता ब्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु।”
१८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै राखिएको यौन सम्बन्धलाइ जबर्जस्ती करणी सरह मान्दछ । गायिका उमेरले १७ वर्षकी भएकी हुदा कानूनत उनी नाबालिग छन्। यसमा कडा सजायको व्यवस्था छ ।
अन्तत : प्रेम, विवाद र समझदारी पश्चात जबर्जस्ती करणी मुद्दामा प्रहरी समक्ष यो प्रकरण पुगेको छ।
(यस अघि असावधानीवश पीडितको नाम र फोटो उल्लेख भएकाले सच्याइएको छ तथा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ ।)
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया