spot_img
Saturday, September 21, 2024
68.2 F
Washington DC.
spot_img

पल शाह भन्छन – आफ्नै साथीहरुले फसाए, दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एक नाबालिग चर्चित गायिकाले नेपाली सिनेमाका अर्का लोकप्रिय नायक पल शाह विरुद्ध जबर्जस्ती करणी मुद्दामा बुधवार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिए पश्चात आफुलाई फसाउन आफ्नै साथीहरु लागिपरेको भन्दै नायक तथा मोडल पल शाहले फेसबुक मार्फत एक अपिल सहित अडियो सम्बादका क्लिप हरु सार्वजनिक गरेका छन्।

पल शाहलाई प्रहरीले खोजी गर्दै गरेको र उनी हाल सम्म फरार रहेको जनाएको छ।

पल शाहबाट सार्वजनिक भएको अडियोहरु पश्चात यस प्रकरणमा यतिबेला पल शाहलाइ आफ्नै साथीहरुले फसाएको भन्दै सामाजिक संजालमा उनी प्रतिको सहानुभूति उर्लिएको छ भने उता पिडित नाबालिक महिला आफु अन्यायमा परेको बताउदै छीन। सार्वजनिक अडियो हरु काट छाट गरिएको दाबी उनको छ।

१८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै राखिएको यौन सम्बन्धलाइ जबर्जस्ती करणी सरह मान्दछ । गायिका उमेरले १७ वर्षकी भएकी हुदा कानूनत उनी नाबालिग छन्। नेपालको कानून अनुसार यसमा कडा सजायको व्यवस्था छ ।

आफुलाई फसाउन आफ्नै साथीहरु लागिपरेको भन्दै नायक तथा मोडल पल शाहले फेसबुक मार्फत सार्वनजिक गरेको यो अपिल:

नमस्कार म पल शाह

म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ । उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।१- साथी दुर्गेश थापा२- ठुल्दाई सरोज ओलि३- भाई कृष्ण जोशी ४- सम्राट चौलागाईPlan 1:- https://drive.google.com/…/18NfClAr4PXx0wfMz6iN…/view…Plan 2:- https://drive.google.com/…/1rUt3Ilbs0RswEGtmfEG…/view…Plan 3 :- https://drive.google.com/…/1VQU02Xh_BIhHLH…/view…Plan 4 :- https://drive.google.com/…/1Bt4uB2Jgn…/view…Plan 5:- https://drive.google.com/…/1dsi3s7pZZ82l7Zrv3BF…/view…Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :- https://drive.google.com/…/1LCttzu4XUi…/view…

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img