spot_img
Saturday, September 21, 2024
68.2 F
Washington DC.
spot_img

चर्चित लोक गायक रामप्रसाद खनालको “बग्ने पानीले” भिडियो गीत अमेरिकाबाट रिलिज

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

वरिष्ठ लोक गायक रामप्रसाद खनालको “बग्ने पानीले, मेरो दिल चोरिन च्यान्टी नानीले” बोलको भिडियो गीत अमेरिकाबाट रिलिज भएको छ।

गायक खनालले गीत गाउँदै र चर्चित नायिका रजनी केसी सँग कम्मर मर्काउँदै नाच्दै गर्दा सहयात्री कलाकार निर्मल शर्मा नाचिरहेकै स्थलमा आइ पुग्छन् र भन्छन् – “ओहो मित्र, तपाईँलाई त नसकिने भो बा.… उमेर पचपनका दिल सधैँ बचपनका , ल बधाई छ !!”         

रामप्रसाद खनालको बाउन्नौँ  गीति एल्बम “बग्ने पानीले” मा समावेश यो गीत र यसको म्युजिक भिडियो खनालले भर्खरै अमेरिकाबाट रिलिज गरेका हुन । दुई महिना यता ४ गीत रिलिज गरी सकेका खनालको यो गीतमा आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ ।

जब खनाल नेपाल पुग्छन् उनले नयाँ नयाँ गीत गाउने र एल्बमहरू प्रकाशित गर्ने गरेका छन् । अमेरिकाबाट पनि गीत, कविता, गजल मात्र होइन लेख रचना प्रकाशित गर्ने खनाल नेपाल बाहिर समेत नेपाली सस्कार र संकृतिको संरक्षणमा सक्रिय रहदै आएका छन्।

“बग्ने पानीले, मेरो दिल चोरिन च्यान्टी नानीले” यो लोकगीत खनालले एउटा विशुद्ध मनोरञ्जनात्मक लोकगीत हो भनेर भनेका छन् । लोकका विभिन्न पिँडा र वास्तविकतालाई गीत कविता र गजलमा उतार्ने खनालले यस पटक मनोरञ्जन दिने फरक शैली अपनाएका छन् नायिका रजनी केसीसँग म्युजिक भिडियोमा । खनाल आफैले रजनी केसी सँग मोडलिङ गरेका छन् । निर्मल शर्माको निर्देशन, सङ्गम बिस्टको कोरियो ग्राफ, राजु केसीको छायाङ्कन रहेको म्युजिक भिडियो युट्युब मार्फत रिलिज गरिएको हो ।

गीतका बारेमा खनाल भन्छन् – “मैले जिन्दगीमा धेरै गीत गाएँ । विभिन्न किसिमका गीत गाएँ । लोकगीत, दोहोरी गीत, तीजका गीत, राष्ट्रिय गीत, आधुनिक गीत, सामाजिक गीत, सन्देश मूलक गीत, भजन सबै प्रकारका गीत गाएँ तर यो विशुद्ध मनोरञ्जनात्मक लोकगीत हो । जिन्दगीमा मनोरञ्जनको पनि त्यत्तिकै आवश्यकता छ र हुनुपर्छ त्यसैले यस पटक मैले मनोरञ्जनात्मक लोक गीत गाएँ । दर्शक र श्रोताले पक्कै फरक स्वाद ग्रहण गर्नुहुने नै छ मलाई विश्वास छ “।

पछिल्लो समयमा चलचित्रका नायक नायिकाहरू पनि लोकगीत, दोहोरी गीतका म्युजिक भिडियोहरुमा अभिनय गर्न थालेकै बेला परदेशी चलचित्रकी चर्चित नायिका राजनले पनि खनालको यो लोकगीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन । उनले पनि गीत दर्शकहरूले मन पराउने मा आशाबादी छिन ।

स्मरण रहोस् दुई महिना यता रिलिज भएका खनालका ४ गीत मध्ये यो चौथो गीत हो । यस अघि खनालले हे कृष्ण, हे राम भजन, तिम्री आमा मेरी आमा सामाजिक पारिवारिक गीत, एउटा ढुकुर उडिगयो सेन्टिमेन्टल दोहोरी रिलिज गरिसकेका छन् भने अरू ३ वटा गीत रेकर्ड भई सकेका छन् । लोक दोहोरी क्षेत्रका धरोहर, लोक दोहोरी क्षेत्रलाई यहाँ सम्म ल्याइ पुर्‍याउन अभिभाबकिय भूमिका निर्वाह गरेका खनालका हाल सम्म बाउन्न  वटा एल्बम प्रकाशित भैसकेका छन् भने उनी अन्तर्राष्ट्रिय कलाकार मञ्च को अध्यक्ष को रूपमा कला क्षेत्रको नेतृत्व गरिरहेका छन् उनले ।

खनालको नयाँ गीत यो लिङ्कमा उपलब्ध छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img