spot_img
Saturday, September 21, 2024
68.2 F
Washington DC.
spot_img

पल शाहले गरे प्रहरीसमक्ष आत्मसमर्पण 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अभिनेता पल शाहले आइतबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार मध्यान्न आत्मसमर्पण गरेका हुन।

उनीविरुद्ध नाबालिगलाई बलात्कार गरेको जाहेरी परेको थियो । आजै बिहानमात्रै पलले आफैँ प्रहरीसमक्ष उपस्थित हुने घोषणा गरेका थिए । सामाजिक सञ्जाल फेसबुकटिकटक मार्फत पलले स्वास्थ्य स्थिति बिग्रेका कारण र घर व्यवहार मिलाउनु पर्ने भएका कारण आफु समयमै प्रहरी समक्ष उपस्थित हुन नसकेको बताएका थिए। आफुले बुवा, आमा तथा बहिनी लगायत घरको व्यवहार समेत मिलाउनु पर्ने र प्रहरी हिरासतमा गए पश्चात कठिनाई हुने भएकाले प्रहरी समक्ष उपस्थित हुन नसकेको समेत उनले बताए।

उनले नेपालको कानुनलाई सम्मान गर्दै प्रहरी समक्ष आफैँ उपस्थित हुने बताएका थिए। साथै, यस प्रकरणमा आफु निर्दोष रहेको र यसमा आफुले सहयोगी भूमिका निर्वाह गर्दै प्रमाणहरू उपलव्ध गराउने बताएका थिए।

आफुले दर्शकहरू र आफ्नो टिम सहित आफुबाट अभिनित “म यस्तो गीत गाउंछु-भाग २”संगै बसेर हेर्न चाहेको समेत उनले बताएका छन।

गायिका रहेकी आफ्नी नाबालिग छोरीलाई बनावटी प्रेमको बहानामा बलात्कार गरेको भन्दै उनका बुवाले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img