spot_img
Saturday, September 21, 2024
81.2 F
Washington DC.
spot_img

कहिले सम्म विदेशमा जवानी लुटाउने यी युवा पुस्ताले?

सम्बन्धित समाचार

दुबईको एअरपोर्टमा काम गर्ने चौधरी थरका एक युवा भन्छन – धेरै भयो स्वदेशमा बसेर देशको सेवा गरेको तर आफ्नो जवानी बेरोजगार भएरै बित्यो। स्नातक पास गरेर केहि बर्ष आफ्नो दुई कट्ठा जग्गामा खेती गर्दा साहुको कर्जा र त्यस्को ब्याजले प्रतिफल प्राप्त गर्न नसके पछी जग्गा बेचेर कर्जा तिर्नु परेको ब्यथा सुनाउछन चौधरी । स्नातक पास गरेका यी युवा दुबईको एअरपोर्टमा भुई सफा गर्दै गर्दा भेटिएका हुन।

बिहे भयो, केटा केटी भए तर आम्दानीको श्रोत केहि नभए पछी खाडी तर्फ आएको चौधरी बताउछन । देशमा शान्ति छाउने छ, बिकास हुनेछ र हामीले आफ्नै देशको सेवा गर्न पाउने छौ भनी आफ्ना बृद्द माता पिता र छोरा छोरीलाई श्रीमतीको जिम्मा लगाई रोजगारीका लागी खाडीको रापमा आएको ब्यथा पोख्छन । कैले देश फर्कौ जस्तो लाग्छ तर गएर पो के काम गर्नु ? जहान परिवार कसरी पाल्नु? मलिनो अनुहार पार्दै -बाध्यता छ दाजु भन्दा मेरा आखा रसाए ।

नेपाल गहिरो सङ्कटको भुमरीमा फसी सकेको भान हुँदैछ। देश निर्माणमा लगाउनु पर्ने युवाहरुलाई राज्यबाट नै विदेश पलायन हुन बाध्य पारिएको छ। कुनै रहर र लहड नभै आफ्नो र परिवारको पेट पाल्नकालागी नै लाखौ युवाहरु विदेशिने क्रमलाई हेर्दा कही नेपाल एक असफल राष्ट्रका रुपमा सूशुचित  त हुने हैन भन्ने चिन्ताले मुटु काम्दछ। अझ खाडीको रापमा श्रम बेच्ने युवाहरुलाई विदेशी भुमीमा यत्रतत्र लथालिङ र चिन्तित अवस्थामा देख्दा मन कटक्क हुन्छ।

नेपालका राजनितिक दलहरु र तिनका नेताहरुका गतिबिधीबाट निरास भै आफ्नो र परिवारको भबिस्य प्रती चिन्तीन यी युवा जमातहरु विदेशी भुमीमा एक लक्ष्यहिन दिशामा आफ्नो यौबन लुटाउदै छन । केहि आशा र भरोशा बाकि रहेन , अब त अति भएर देशका लागी केहि गरौ भन्ने भावना बोक्ने अगुवा युवाहरु समेत बिदेश पलायनको क्रम शुरु भएको छ । विद्यार्थी, पत्रकार्, शिक्षक वा ईमान्दार प्रशासक नै किन नहुन सिङ्गो नेपाली जनता नै गणतन्त्रको प्राप्ति पश्चात देश हाक्ने अवसर पाएका नेताहरु र तीनका क्रियाकलापबाट वाक्क र दिक्क भएका छन ।

यसप्रकार डिभी पर्नेहरु अमेरिका तर्फ लाग्छन, अन्य क्यानाडा, ब्रिटेन लगायत युरोप तर्फ लाग्छन भने धेरै खाडीमा रोजगारीका लागी भासिएको अवस्था छ । देशको अवस्था देखेर उच्च शिक्षा का लागि विदेश गएकाहरु समेत उतै आफ्नो भविष्य देख्न थालेका छन्।

उता मनमा देश दुखी रहने अनि आँखामा सदा अमेरिकाको रमझाम नाची रहने बेतिथी भित्र फसेका तथा राजनितिको स्वाद चाख्न पल्केकाहरुको एउटा समुहले श्रम बेच्न बाध्य भै नेपालको अर्थतन्त्रमा टेवा दिदै आएका युवाहरुलाई खिसी गर्दै भन्छ- हेर त फलानो अमेरिका, युरोप पलायन भयो। फलानो त्यो इज्जत फ्याली खाडीमा किन गएको होला ? मौकामा चौका ठोक्ने यस्ता बतासे र झोले रास्ट्रबादीहरुको कमी छैन नेपालमा। 

जनतालाई प्रत्यक्ष सेवा दिनु पर्ने निजामती क्षेत्रमा समेत राजनिती थोपर्ने  यो मुलुकका सासक बर्ग जनताहरु प्रती अलिकती पनि उत्तरदायी र जिम्मेवार भएको भनक कहिले पनि पाउन सकिएन । लामो समय देखीको राजनितिक दल र यसका नेताहरुको क्रियाकलाप र कुर्शिकालागी पटक पटकको ‘म्युजिकल चेयर’ जस्तो घिनलाग्दो खेललाई हेर्दा लाग्छ कि यस देशका जनता ‘रैती’ र नेताहरु सबै ‘मुखिया’ सरह भएका छन ।

जनतालाई प्रतक्ष राहत र सुविधा प्रदान गर्नु पर्ने त धेरै पर को कुरा भयो। जनताको भावना र देशको आवस्यकतालाई मजाकमा उढाउदै नेतागणहरु देश निर्माणमा लाग्नु पर्ने महत्वपुर्ण अवसरमा कुर्शीको म्युजिकल चेयर खेलमा ब्यस्त हुन्छन र प्रचारमुखी गतिविधिमा रमाउने गरेका छन्। यी सासक बर्गमा देश बिकासका लागी केहि गरौ भन्ने न त भरपर्दो योजना छ न कुनै प्रतिबद्दता नै ।

‘काग कराउदै गर्छ , पिना सुक्दै गर्छ’ भने झै कोही उत्तर पट्टी ढल्कन्छन त कोही दक्षिण पट्टी गुलामी गर्दछन, सत्ताकालागि आज एउटा पार्टिमा त भोलि अर्कोमा। जनता सामु झुटो बचन दिनु लाई अब त राजनितिज्ञहरु आफ्नो बहादुरी नै मान्न थालेका छन। बिश्व किर्तिमान कायम राख्ने गरी सरकार परिवर्तन गर्छन यस देशका नेतागण। यीनमा  कुनै लाज, सरम , जनता प्रतीको  जिम्मेवारी र जवाफदेहिता अलिकती पनि छैन। जनता र नेता बिचको यो दुरीले गणतन्त्रको मज्जाले खिल्ली उढाएको प्रस्ट देखिन्छ। 

शिक्षा तथा स्वास्थ जस्ता महत्वपूर्ण आवस्यकता तथा बिकासका सूचकलाई बेवास्ता गर्दै यतिबेला बिकासका नाममा अनावस्यकरुपले अरबौको लगानीमा ‘भ्यू टावर’ हरु देशै भरि निर्माण गरी उद्घाटनका लागि नेताहरुमा तछाड मछाड चलेको छ। देशमा दिगो र भरपर्दो योजना नै नभएका झैँ जबरजस्ती लादिएका ‘भ्यू टावर’ हरुले नेपाली जनताको पेट भर्दैन भन्ने हेक्का राखे हुन्छ। तर यी भ्यू टावरहरुले नेताहरुको पेट मात्र हैन पुस्तालाई समेत पुग्ने आम्दानी प्रदान गर्ने तथ्यलाई नकार्न सकिदैन।

यीनै कारणहरुले देशमा बेथिती मौलाएको छ। देशमा उध्योग ब्यबसाय धरापमा भएको दशक नाघी सक्यो । यत्रतत्र भस्ट्रचार छ । देशले कुनै उल्लेखनिय उत्पादन गरी निर्यात गर्न सकेको छैन। ब्यापारीहरु लाई आफ्नो लगानी उठाउन धौ धौ छ । घुस खुवाएर कर छल्ने परम्परा कायम नै छ । आफ्नो लगानी सुरक्षित राख्न नेपालका ठुला ब्यापरिक घरानाले ठाडो आय कर छल्दछन । यती मात्र हैन , एक आर्थीक सालमा लिएको कर्जा लाई लुकाई अर्को आर्थिक साल मा देखाई ब्यालेन्स सिट आकर्षक बनाइन्छ र बित्तिय सस्था हरु लाई ठगिन्छ । नभएको स्क्राप लाई कागज मा देखाई आर्थीक प्रलोभन बाट कर्जा लिईन्छ । आफ्नै पारिवारिक लेखापरिक्षक नियुक्ती गरी हिसाब किताब दुरुस्त देखाईन्छन । मुलुकको अस्त ब्यस्त अवस्थाको फायदा लिदै ब्यापार ब्यबसायमा आफ्नो लगानी उठाउन ठुला ठुला ब्यापारिक घरानाका साहु ले ‘डमी कम्पनी’ खोली बित्तिय सस्था बाट लिएको कर्जा लाई जग्गामा लगानी गर्ने गरेको अवस्थामा समेत सरकार मौन देखिएको छ । नेपालमा जग्गाको भाउ नाटकिय रुपमा  बढनुको एक कारण मध्ये ठुला घरानाका ब्यापारीहरुले जग्गामा लगानी गरेकाले हो भन्छन जानकारहरु। लामो समय देखी देशका नेतागण। र ब्यापारी बिच ‘तै चोर मै चोर ‘ को अवस्था बाट देश गुज्रीएको छ ।

साना ब्यापारीले तिरेको आयकर, विदेशबाट समान आयात गर्दाको भन्सार कर र युवाहरुले विदेशमा श्रम गरी पठाउने रेमिट्यान्स बाहेक नेपालको राजस्वको भरपर्दो श्रोत देखिदैन । अधिकांस ठुला ब्यापारीहरु बाट जती राज्य लाई तिर्नु पर्ने दाहित्व हो त्यो भन्दा धेरै कम सरकारी राजस्वमा दाखिला हुन्छ । आर्थिक मसान्तको अन्त्य तिर यहाँ पैसाको ठुलो चल खेल हुन्छ जुन सबै तप्काले बाडी चुडी खान्छन । 

दशै तिहारको आगमन शुरु हुनासाथ राजस्वका निकायमा पहुचववाला अधिकांस सासक बर्ग र त्यहाँका पुलिस्, प्रसासक कर्मचारीको घर घरमा कोसेलीका नाममा देश लाई ठगिएको राजस्वको केहि भाग उपहारका नाममा चढाईन्छ ।

माथीको प्रसङ्ग बेथिती र मौलाएको भ्रष्ट्राचारको एउटा सामान्य उदाहरण मात्र हो । यस्ता बेथितीहरु र भ्रष्ट्राचार काठमाडौंको एक मात्र अन्तराष्ट्रिय बिमानास्थल देखी शुरु भएर यत्र तत्र जहाँ पाईला राख्यो त्यही देख्न र भोग्नु पर्ने नियती छ । घुस खानु र अकुत कमाई गर्नु लाई नेपाली समाजले आफ्नो गौरब महसुस गर्दछ। राजनितिक प्रभाबमा कानुनलाई आफ्नो अनुकुल ब्याख्या गरी अधिकारको उल्लङ्घन गर्नु लाई बहादुरी ठानिन्छ । राजनितीको खोल ओडी ज्यान मार्ने , भस्ट्रचार गर्ने , महिला हिङ्सा गर्ने, बलात्कार गर्ने जस्ता अपराधीहरुसंग सेटिंग गरि आम माफी दिइन्छ।

जसरी र जुन प्रकृयाले सासक बर्गले देश हाक्दै छन, यस देश भित्रका जनाताले त्यही सिको सिक्दै छन । के हाम्रा छोरा छोरी लाई यस्तै शिक्षा दिने? यस्तै बिकृती र बिसँगतीको सिको गरे भने देशको भाबी अवस्था कस्तो होला ? यस्तै अवस्था रही रहे बर्तमान सासक बर्ग र भाबी सासक बर्गमा केहि फरक हुने छैन जुन यस देशका लागी अत्यन्त ठुलो क्षति हुनेछ ।

सत्तामा एउटा आउछ अर्कोले तुरुन्त खुट्टा तान्न शुरु गर्छ । पुस्तौ सम्म पुग्ने सम्पती जोडने एक सुत्रीय योजना बाहेक अन्य सबै नाटक मात्र भान हुन्छ । सासक बर्गका यस्ता बेथीती बिच देश भित्र केहि गरौ भन्ने युवाहरु निरिह समान भएका छन । सबै थकित र भबिस्य प्रती चिन्तित देखिन्छन। यस्तो बिकराल अवस्थामा जरा देखी नै मल जल नगरि टुप्पोमा फल लाग्छ भनेर आश गर्नु बेक्कार र समयको बर्बादी मात्र हो ।

युवा शक्ती भनेको देश निर्माणका लागी मेरुदन्ड सरह हुन्छन । अझ युवाहरु भबिस्यका सासक नै हुन । पछी गएर युवाहरु कोही प्रसासक बन्छन, कोही नेता बन्छन त कोही निती निर्माता बनी देश लाई हाक्ने हैसियत राख्छन। नेपालको सन्दर्भलाई लिने हो भने जब सम्म युवाहरुको चेतनाको बिकासमा लगानी गरिदैन तब सम्म बर्तमान परम्पराबादी सोच , बिचार र राजनितीलाई परिवर्तन गरी देश बिकास गर्न सम्भब देखिदैन ।

अब सत्ताको स्वाद चाखेका प्रमूख राजनैतिक दलका नेतागणहरुले हरेक युवा पुस्तालाई जवाफ दिनु पर्ने समय आएको छ – कहिले सम्म विदेशमा श्रम गरेर यी युवा पुस्ताले आफ्नो जवानी लुटाउने? यदी बर्तमान अवस्थाबाट उन्मुक्ती दिन सक्ने कुनै भिजन नभए गणतन्त्र कस्कालाई हो?

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img