spot_img
Saturday, September 21, 2024
76.4 F
Washington DC.
spot_img

नेपालको चौथो जीतमा दिपेन्द्रसिंह ऐरीको किर्तिमानी शतक

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आशुतोष अधिकारी | १९ चैत्र २०७८, शनिबार

लयमा रहेका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीले किर्तिमानी शतक बनाएपछि नेपालले राजधानीमा जारी ट्राइनेशन टी–२० सिरिजको अन्तिम लिग खेलमा शनिवार मलेशियालाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको छ।नेपालका लागि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रनको किर्तिमान कायम राख्दै दिपेन्द्रले आक्रामक ११० रन बनाएपछि नेपाल राउन्ड रोबिन लिगको सबै खेलमा जित हासिल गर्न सफल रह्यो।

प्रतियोगितामा समान तीन पराजय र एक विजय हात पारे पनि मलेशिया नेट रनरेटका आधारमा पपुवान्युगिनीभन्दा पछाडि रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।रनरेटमा भाग्यले साथ दिएको पपुवान्युगिनीले उपाधिका लागि सोमवार नेपालसँग प्रतिश्पर्धा गर्नेछ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दिपेन्द्रको शतक र रोहित पौडेलको अर्धशतकको सहयोगमा २२३ रनको विशाल योगफल तयार पारेको थियो।५७ बलको सामना गरेका दिपेन्द्रले आक्रामक खेल प्रस्तुत गर्दै १० चौका र ६ छक्का प्रहार गरे भने रोहितले ३४ बलको सामना गर्दै ५ चौकाको सहयोगमा ५१ रनको उपयोगी पारी खेले।दिपेन्द्रले रोहितसँग मिलेर तेस्रो विकेटका लागि ९६ रनको भने पाँचौँ विकेटका लागि आदिल अन्सारीसँग ५९ रनको साझेदारी गरेपछि नेपालले २० ओभरमा २०० रनको आँकडा पार गरेको थियो।

दिपेन्द्रले नटआउट ११० रन बनाउँदै ज्ञानेन्द्र मल्लको नाममा रहेको १०७ रनको व्यक्तिगत उच्च स्कोरको किर्तिमानलाई आफ्नो नाम गराए।अन्तर्राष्ट्रिय टी–२० मा यो नेपाली खेलाडीको चौथो शतक हो।यसअघि पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध १०६ रन, ज्ञानेन्द्र मल्लले भुटान विरुद्ध १०७ रन र कुशल भुर्तेलले २०२२ मा फिलिपिन्स विरुद्ध १०४ रनको शतकीय पारी खेलेका थिए।

चार खेलमा २०१ रन पूरा गर्दै दिपेन्द्रसिंह ऐरी प्रतियोगितामा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा समेत पुगेका छन्।टी–२० क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाएका दिपेन्द्र यो फर्म्याटको क्रिकेटमा हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्नबाट मात्र २१ रन टाढा छन्।

२२४ रनको विशाल लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको मलेशियाले आक्रामक शुरूवात गरे पनि पराजय भने टार्न सकेन।सोमपाल कामीलाई आराम दिइएपछि टोलीमा स्थान पाएका कमलसिंह ऐरीले फ्याँकेको पहिलो ओभरको पहिलो ५ बलमा ४ चौका प्रहार गर्दै मलेशियाका प्रारम्भिक ब्याट्सम्यान वीरनदीप सिंहले खेलमा नेपाललाई कडा टक्कर दिने संकेत दिएका थिए।तर पहिलो ओभरको अन्तिम बलमा जुवैदी जुल्फिक्लीलाई शुन्यमा आउट पार्दै कमलसिंह पुनरागमन गर्न सफल भएका थिए।२६ बलमा ९ चौकाको सहयोगमा ४७ रन बनाएका वीरनदीपलाई पनि कमलले आफ्नो शिकार बनाए।

अन्यमा क्याप्टेन फियाज अहमदले ३३ रन बनाउनु बाहेक मलेशियाका कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न नसकेपछि मलेशिया १९.५ ओभरमा १३८ रन बनाउँदै अलआउट भयो।नेपालका लागि कप्तान सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै १९ रन खर्चिएर ३ विकेट लिए।३ ओभर बलिङ गर्दै २ विकेट समेत लिएका दिपेन्द्रसिंह ऐरी खेलको म्यान अफ दि म्याच चुनिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img