Friday, March 6, 2026
54.4 F
Washington DC.

एलन मस्कले ट्वीटर खरिद गरे – ट्वीटरमा नयाँ सुविधाहरु थपिने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

टेस्ला प्रमूख तथा विश्वका धनाड्य एलन मस्कले लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरलाई ४४ बिलियन अमेरिकी डलरमा खरिद गरेका छन्। ट्वीटरको पूर्ण स्वामित्व आफुमा हुने गरी मस्कले मंगलबार ५४.२० डलरप्रति सेयरको दरले कम्पनीको सबै सेयर किनेको ट्वीटरको बोर्डले प्रेश विज्ञप्ति मार्फत जनाएको छ । यस पूर्व  मस्क संग जम्मा ९ प्रतिशत सेयर मात्र रहेको थियो।   

एलनमस्कको प्रस्तावलाई ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा अध्ययनतथा विश्लेषण गरेर बेच्ने निर्णय गरेको ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले प्रेश विज्ञप्ति मार्फत जानकारी दिएका छन्। टेलरका अनुसार मस्क संगको सम्झौता पश्चात सबै सेयर होल्डर्सलाई आकर्षक प्रिमियम प्राप्त हुने भएकाले ट्वीटर कम्पनीका सेयर होल्डरका लागि राम्रो अवसर हुने छ।

मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको बताएका छन्। ट्वीटर मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुने डिजिटल टाउन भएको बिचार व्यक्त गरेका छन् ।

ट्वीटरमा नयाँ सुविधाहरु थपेर पहिले भन्दा राम्रो बनाउन आफुले प्रयास गर्ने मस्कले सम्झौता पछि भनेका छन्।

ट्विटरमा व्यापक सम्भावना रहेको र त्यसकालागि आफु कम्पनी र प्रयोगकर्तासँग काम गर्न तयार रहेको उनले भनेका छन्।

एलन मस्कको अनुमानित सम्पत्ति २७३.६ अर्बअमेरिकी डलर रहेको र उनी  विश्वका सबै भन्दा धनी व्यक्तिको श्रेणीमा रहेको फोर्ब्स पत्रिकाले जनाएको छ। 

मस्क टेस्ला कम्पनी तथा अन्तरिक्ष सम्बन्धी कम्पनी स्पेसएक्सका प्रमूख हुन्।  

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img