Tuesday, April 15, 2025
61.3 F
Washington DC.

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति निलम्बित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रकाश दाहाल/हेटौंडा

बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ। प्रतिष्ठानबाट अस्पताललाई अलग गर्ने निर्णय गरेपछि प्रा. डा. जोशीलाई निलम्बन गरेको हो।

२०७७ श्रावण १४ गते डोरमणि पौडेल नेतृत्वको सरकारले नियुक्त गरेका जोशीलाई राजेन्द्र पाण्डे नेतृत्वको सरकारले मङ्गलबार निलम्बनको पत्र पठाएको हो।

४ वर्षका लागि नियुक्त भएका जोशीलाई पटक पटक राजिनामा दिन दबाब दिएपनि उहाँले राजिनामा दिनुभएको थिएन।  मंगलबार दिउँसो मुख्यमन्त्री तथा मन्त्री परिषद्का  सचिव यमलाल भूसालद्वारा हस्ताक्षरित पत्र पठाउदै उपकुलपति जोशीलाई ३ सदस्य छानविन समिति गठन गरि छानविनको रिपोर्ट नबुझाएसम्म लागि निलम्बन गरिएको जनाइएको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई समेटेर व्यवस्थित गर्ने गरि  मेडिकल कलेज समेत स्थापनाको अवधारणामा ०७८ असोज २ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सरकारले स्थापना गरेको थियो। उपकुलपति जोशीले आफू कामको सिलसिलामा काठमाडौँ गएको र भर्खर आएकोले पत्र बुझ्न बाँकी रहेको बताउनु भयो।

गत फागुन अन्तिम साता मुख्यमन्त्री पाण्डेले पत्र नै काटेर आफूलाई पदबाट राजिनामा दिन आदेश दिएको उहाँको भनाई छ। प्रा. डा. जोशीले भन्नुभयो, ‘एउटा योजनासहित काम गर्दै गर्दा बीचमै छाड्नु उचित नलागेर काम गरिरहेको थिएँ। एक्कासि निलम्बनको कुरा सुनेँ। निलम्बनको पत्र हात परेपछि के गर्ने भन्ने निर्णय लिनेछु।’ उहाँलाई प्रदेश सरकारले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै प्रतिष्ठानको ऐन २०७६ को दफा २४ को उपदफा (१) प्रतिष्ठानका कुलपति मुख्यमन्त्री समक्ष सभामा कायम रहेका एक चौथाई सदस्यले निवेदन दिएकोले मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कानुन सचिव बिनोद कुमार भट्टराईको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य निर्देशनालयका निर्देशक सदस्यहरू रहेको समिति समेत गठन गरेको हो।

प्रदेश सरकारले सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटा , युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईं ,  जिल्ला अस्पतालका अध्यक्ष तथा आयुर्वेद अस्पतालका अध्यक्षहरूलाई समेत हटाएको थियो तर उनीहरु सबै अदालतको आदेशमा पुन जिम्मेवारीमा फर्किसकेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

नयाँ वर्ष २०८२ को पहिलो दिन: नेपालीहरूले उल्लासपूर्वक मनाउँदै

आज विक्रम संवत् २०८२ सालको वैशाख १ गते, नेपालभरिका नागरिकहरूले आपसमा शुभकामना साटासाट गरी नयाँ वर्ष उल्लासपूर्वक मनाइरहेका छन्। यो...

अन्य समाचार

- Advertisement -spot_img